Comments Add Comment

एमाले र माओवादीको पार्टी एकता वैशाख ९ मा

२० चैत, काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच आगामी वैशाख ९ गते पार्टी एकता घोषणा गर्ने समझदारी गरेको छ ।

अन्तरिम विधान र सांगठनिक संरचनाबारे सुुझाव दिन गठित छुट्टाछुट्टै कार्यदलले मंगलबार पार्टी एकता संयोजन समितिमा प्रतिवेदन बुझाउँदै अप्रिल २२ तारेख अर्थात वैशाख ९ गते पार्टी एकता गर्न सुझाव दिएको छ ।

नेताहरुका अनुसार बैशाख ९ मा पार्टी एकता घोषणा गर्ने समझदारी भएको छ । पर्सि बस्ने बैठकले यसबारे औपचारिक निर्णय गर्ने माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment