+
+
Shares

अब रोबोटले नै गर्नेछ कामदारको नियुक्ति र बर्खास्ती !

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत २१ गते ८:०६

कुनै कम्पनीमा जागिरका लागि अन्तर्वार्ता दिँदा रोबोटले अन्तर्वार्ता लिने दिन अब टाढा रहेन । अब अन्तर्वार्ता लिएर कर्मचारीको नियुक्ति देखि कर्मचारीलाई अवकाश दिनेसम्मका काम रोबोटले गर्नेछ ।

रुसी कम्पनी  Stafory ले कर्मचारी भर्नाका लागि एक महिला रोबोटको सहयोग लिइरहेको छ । उक्त रोबोटको नाम वीरा हो ।

रोबोट वीराले पेप्सिको तथा लोरियल जस्ता ठूला कम्पनीहरुमा कर्मचारी भर्नामा पनि सहयोग गर्दै आएको छ । रुसको ह्युमन रिसोर्स डिपार्टमेन्टका अलेक्जेन्डर युराक्सिन र भ्लादमिर शेजनिकोभ मिलेर उक्त रोबोट बनाएका हुन् ।

यी दुई वैज्ञानिकहरु Stafory कम्पनीका संस्थापक पनि हुन् । उनीहरुका लागि मानव संसाधान व्यवस्थापनको अधिकांश काम रोबोटिक प्रकृतिको रहेको छ र सोही कारण उनीहरुले यसका लागि नयाँ रोबोट बनाएका हुन् ।

उक्त रोबोटले एकै पटकमा सयौँ उम्मेदवारको अन्तर्वार्ता लिन सक्दछ । कर्मचारी हायर गर्ने मात्र होइन अवकाश दिन वा फायर गर्ने निर्णय निर्माणमा पनि यो रोबोटले महत्वपूर्ण भूमिका निभाउन सक्ने बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?