२१ चैत, काठमाडौं । अमेरिकाको मेट्रो पोलिटन म्युजियममा रहेको २ वटा पूरातात्विक महत्वको मूर्ति नेपाल फिर्ता ल्याएको छ ।
नेपालबाट ८८ वर्ष अघि हराएको बुद्धको मूर्ति र ९५ वर्ष अघि हराएको उमा महेश्वरको मूर्ति बुधबार नेपाल ल्याइएको हो । चोरी भएका दुबै मूर्ति तस्करले अमेरिका पुर्याएका थिए ।
नेपालको दाबीपछि म्युजियमले मूर्ति फिर्ता पठाएको पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिए । अमेरिकास्थित महावाणिज्यदूत मधु मरासिनीले म्युजियमले सहज ढंगले मूर्ति फिर्ता गरिदिएको बताए ।
बुद्धको मूर्ति विक्रम संवत १९८६ मा काठमाडौंको याटखाबाट हराएको थियो भने विक्रम संवत १९८० मा उमा महेश्वरको मूर्ति ललितपुरको पाटनस्थित टंगालहिटीबाट हराएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4