+
+
Shares

आलु गाउँ हेमजामा ‘आलु महोत्सव’ शुरु

सन्देश श्रेष्ठ सन्देश श्रेष्ठ
२०७४ चैत २२ गते १५:३७

२२ चैत, पोखरा । आलु गाउँको रुपमा परिचित हेमजामा आलु महोत्सव शुरु भएको छ । विष्णुुपादुका क्लब हेमजा र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यवस्थापन एकाई बसुन्धरा काठमाण्डौंको संयुक्त आयोजनामा पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २५ हेमजामा ‘नवौं राष्ट्रिय हेमजा आलु महोत्सव-२०७४’ शुरु भएको हो ।

चैत ३० गतेसम्म चल्ने महोत्सवको विहीबार प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गरे ।

‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ शुरु महोत्सवको मूख्य आकर्षणको रुपमा आलुको पहाड रहेको छ ।

हेमजालाई व्यवसायिक कृषि क्षेत्रको रुपमा देश विदेशमा चिनाउँदै उत्पादक र उपभोक्ता बिचको प्रत्यक्ष सम्पर्क स्थापित गर्ने उद्देश्यले आयोजित महोत्सवमा करीब ३० टनको आलुको पहाड बनाइएको र यहिंबाट आलु झिक्दै बेच्ने गरिएको छ । आलुको पहाड अन्तिम दिनसम्म नै रहने आयोजक विष्णुपादुका क्लव हेमजाले जनाएको छ ।

महोत्सवमा कुल १०४ वटा स्टल राखिएका छन् । जसमध्ये १२ वटा आलुका परिकारका स्टल, ६० वटा ब्यवसायीक स्टल, ३० वटा कृषि प्रविधि प्रदर्शनी, एउटा प्राथमिक उपचार केन्द्र तथा एउटा सूचना केन्द्रको स्टल रहेको आयोजक विष्णुपादुका क्लवका अध्यक्ष रमेश कार्कीले जानकारी दिए ।

महोत्सवको अन्य आकर्षणहरुमा आलु तथा ताजा तरकारीको बृहद् प्रदर्शनी, आलुका विभिन्न परिकार, विविध सांस्कृतिक कार्यक्रम, चर्चित हाँस्य कलाकारहरुको बेजोड प्रस्तुती, जापानिज सुन्तला, च्याउ, कफी, चियाको बिक्री एवम् प्रदर्शनी, विभिन्न कृषि बिउ/बिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी रहेका छन् ।

महोत्सवमा १५ भन्दा धेरै आलुका फरक/फरक परिकारहरु पनि आकर्षणका रुपमा रहेका छन् । आलुको मःम, आलुदम, आलु चिप्स, आलु चिल्ली, आलु ससेज, आलु रोस्ट, आलु रसबरी, आलु सुजी, आलु चुकौनी, आलु स्टीक, आलु पकौडा लगायतका आइटम बेच्नका लागि राखिएको आयोजकको दाबी छ ।

त्यसैगरी, खुल्ला एकल नृत्य प्रतियोगिता, कृषि झाँकी प्रतियोगिता तथा पप कन्सर्ट महोत्सवको आकर्षणको रुपमा रहेका छन् ।

महोत्वसमा रत्यौली प्रतियोगिता तथा हास्य प्रहसन पनि रहने प्रचारप्रसार संयोजक प्रकाशचन्द्र सापकोटाले जानकारी दिए ।

महोत्सव उद्घाटनअघी हेमजा मिलनचोकबाट महोत्सव स्थल विष्णुपादुका माविको प्राङ्गणसम्म प्रदेश सांसद रामजी बराज ‘जीवन’को नेतृत्वमा झाँकीसहितको र्‍याली निकालिएको थियो । र्‍यालीमा स्थानिय क्लव, आमा समूह, सामाजिक संघसंस्थाका सदस्य तथा स्थानिय सर्वसाधारण आलुसहित विभिन्न जातका तरकारीका माला लगाएर सहभागी भएका थिए ।

आलुको मूल्य प्रति केजी ३३ रुपैयाँ

महोत्सवमा आलुको मुल्य प्रति केजी ३३ रुपैया कायम गरिएको छ । यो अघिल्लो वर्षको भन्दा १ रुपैयाँ महंगो हो । अघिल्लो वर्षको महोत्सवमा आलु प्रति केजी ३२ रुपैयाँमा कारोबार भएको थियो । महोत्सव मूल आयोजक समितिका संयोजक सुविन श्रेष्ठका अनुसार महोत्सवमा प्रत्यक दिन एक जना भाग्यशाली दर्शकलाई गोला प्रथाद्धारा २५ केजी आलु प्रदान गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?