+
+
Shares

दिल्लीबाट आएको अवैध समानसहितको टुरिष्ट बस नागढुंगामा समातियो

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत २२ गते १६:१२

२२ चैत, काठमाडौं । भारतको नयाँ दिल्लीबाट अवैध सामान बोकेर काठमाडौं आएको टुरिष्ट बस नागढुंगामा समातिएको छ ।

गोप्य सुराकीका आधारमा काठमाडौं प्रहरी परिसर मातहतको प्रहरी प्रभाग, नागढुंगाले ना ६ ख ६३०२ नम्बरको टुरिष्ट बसलाई नियन्त्रणमा लिएको हो ।

बसको हुटमा तलमाथि र दायाँबायाँ फिल्स बटम बनाएर कुर्था, सुरुवाल, प्रेशर कुकर, छालाको पर्स लगायतका सामान भेटिएका छन् । बरामद गरिएका सामानको मूल्य ३० लाख रुपैयाँ बढी रहेको परिसरका प्रवक्ता मोहनकुमार थापाले बताए ।

उनका अनुसार बस चालक दोलखा घर भएका २७ वर्षीय रामबहादुर थोकर र सह–चालक रमेश खड्का पक्राउ परेका छन् । थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?