शुक्रबार, ४ साउन, २०७५
OnlineKhabar.com

भुवन केसीः सदाबहार नायक कि ‘प्ले ब्वाइ ?’

'म आफैं ह्यान्डसम छु, केटीहरू मेरो पछि लाग्छन् त म के गरौं ?'

अनलाइनखबर


भुवन केसीलाई दुई भिन्न डाइमेन्सनबाट हेर्न सकिन्छ । एक, सदाबहार नायक । अर्को, प्लेब्वाइ ।

आफ्नो जमानामा उनले सम्झना, कुसुमे रुमाल, कोसेली, चिनो, दुई थोपा आँसु जस्ता फिल्म दिए, जसको ‘ह्याङओभर’बाट अहिले पनि नेपाली दर्शक मुक्त हुन सकेका छैनन् । हिसाब-किताब गर्ने हो भने, हिट फिल्मको सूचीमा भुवन केसीलाई अरूले उछिन्न सक्दैनन् । ‘महानायक’का पगरी पहिरिएका राजेश हमालदेखि अहिलेका सर्वाधिक बिकाउ हिरो दयाहाङ राईसम्मले  भुवन केसीको उचाइ छुन सक्दैनन् ।  यस हिसाबले भुवनलाई ‘सदाबहार हिरो’को तक्मा भिराइदिँदा कसैमाथि अन्याय हुँदैन ।

अब अर्को पाटो हेरौं,

यी सदाबहार नायकसँग ‘लफडाबाजी’का अनेकौं किस्सा सुरक्षित छन् । समकालीन हिरोइनदेखि छोरी पुस्ताका हिरोइनसम्मलाई आफ्नो बहुपासमा बाँधिसकेका उनी शहरका नामी ‘खेलाडी ब्वाइ’ हुन् । कुनै बखतकी हिरोइन सारङ्गा श्रेष्ठले भनेकी थिइन्- ‘भुवन केसी नभएको भए धेरै नायिका कुमारी नै हुन्थे होलान् ।’

अहिले भुवन सिनेमाको पर्दाबाट ओझेल छन् । तर, उनी चर्चा र विवादबाट मुक्त छैनन् । सम्भवतः हुन सक्दैनन् पनि । भुवनलाई केही न केही उटपट्याङ गर्नैपर्छ । यो उनको ‘प्राइभेट’ स्वभाव हो ।

भर्खरै मात्र उनी फिल्म ‘कृ’को गीत चोरी लफडामा मुछिए । त्यसअघि ‘होटलको बिल नतिरेको’ । त्यसअघि ‘पार्टीले सभासद नपत्याएको’ । त्यसअघि ‘जिया केसीसँग लिभिङ टुगेदरमा रहेको’ । त्यसअघि ‘कथित गर्लफ्रेन्डका पतिले सडकमै हेलमेटले कुटेको’ । खोजतलास गर्ने हो भने, लफडाको महाभारत नै बन्नसक्छ ।

अफस्क्रिन हिरोइज्म

सुहाउँदिलो जिउडाल, औसत उचाइ, मिलेका जुँगा, हँसमुख चेहरा । फिटिङ ज्याकेट, चुज पाइन्ट, डिंगो जुत्ता । यस्तो आवरणमा भुवन केसी ‘हिरो’ देखिन्छन् । आवरण मात्र होइन, उनको चालढाल पनि हिरोकै छ । आफ्नो जमानामा सिल्भर स्क्रिन कब्जा गरेका उनी अहिले पनि रंगिला जीवनबाट विमुख छैनन् ।

उमेरले ६ दशकमा हिँड्दै छन् । तर, उनको तन्नेरी वय अझै निखि्रएको छैन । अझै नाच्छन्, गाउँछन्, मदिरा पिउँछन्, पार्टी गर्छन्, लङ ड्राइभ जान्छन्, गर्लफ्रेन्ड घुमाउँछन्, मस्ती गर्छन् । उनको जीवन-चरित्र कुनै रोमान्टिक हिरोको भन्दा कम कहाँ छ ?

उमेरको भाग लगाउने हो भने, उनी पूजा-पाठतिर दत्तचित्त भइसक्नु पर्नेर् हो । तीर्थ-बर्तमा रुचि लाग्नुपर्ने हो । योग-ध्यानमा लागिसक्नुपर्ने हो । तर, भुवन लभ अफेयर र डेटिङको चक्करमा रमाइरहेका छन् । छोरो अनमोल बिहान उठेर भगवान्को आराधना गरिरहँदा भुवन मस्त सुतिरहेका हुन्छन् । अनलाइनखबरसँगको भेटमा भुवन स्वयंले भनेका थिए, ‘म बिहान चाँडै उठ्न सक्दिन, बरु अनमोल चाँडै उठ्छन् ।’

छोरोभन्दा बुबा तन्नेरी

अनमोलले भनेका थिए, ‘बिहान उठेपछि मन्त्र उच्चारण गर्छु । कृष्णको भक्त हुँ ।’ भुवनलाई भने अझै भक्तिभावमा लाग्ने फुर्सद छैन ।

आफ्नो मर्जीको जीवन जिउँछन् । खान्छन्, पिउँछन् । छोरो अनमोल शुद्ध शाकाहारी । भुवनलाई भने मासु नभई हुन्न । बारम्बार चुरोट पिउँछन् । मौका मिले मदिरा घुट्क्याउँछन् । विन्दास छन् । तैपनि उनी अव्यवस्थित छैनन् । सधैं सफाचट देखिन्छन् । सुकिला मुकिला देखिन्छन् । कहिले पाइन्ट कोटमा त, कहिले जिन्स र टिसर्टमा ठाँटिन्छन् । गेटअप जस्तोसुकै होस्, भुवन ताजा र तगडा देखिन्छन् ।

उमेरले ६ दशकमा हिँड्दै छन् । तर, उनको तन्नेरी वय अझै निखि्रएको छैन । अझै नाच्छन्, गाउँछन्, मदिरा पिउँछन्, पार्टी गर्छन्, लङ ड्राइभ जान्छन्, गर्लफ्रेन्ड घुमाउँछन्, मस्ती गर्छन् । उनको जीवन-चरित्र कुनै रोमान्टिक हिरोको भन्दा कम कहाँ छ ?

पहिरनको कम्बिनेसन कसरी मिलाउने भन्ने कुरा उनलाई सिकाइरहनु पर्दैन । यस सन्दर्भमा त अनमोलभन्दा भुवन अगाडि छन् । अनमोलले अनलाइखबरसँग भनेका थिए, ‘मैले कस्तो ड्रेसअप गर्ने भनेर उहाँ (भुवन केसी) ले मिलाइदिनु हुन्छ ।’

जिम धाउँदैनन्, व्यायाम गर्दैनन्, मनलाग्दो खान्छन् तर पनि उनी फिट एन्ड फाइन छन् ।

कुशल स्त्रिmप्टराइटले खिपेर निर्माण गरेको रोमान्टिक पात्र जस्तै छन्, भुवन । आफ्ना समकालीनहरूलाई युगले बिर्सिसक्यो, उनको चमक-दमक भने अझै ज्यूँका त्यूँ छ । हुनत, अहिले उनको छोरो पुस्ताले फिल्ममा कब्जा जमाउँदै छ । तर, अघिल्लो पुस्ताको भुवन विस्थापित भएका छैनन् ।

प्ले ब्वाइ ?

भुवनको नामको पुच्छरमा झुन्डिने अर्को विशेषण हो, प्ले ब्वाइ । सम्भवतः उनले झेल्ने सबैभन्दा पट्यारलाग्दो प्रश्न पनि यो हो कि, ‘तपाइर्ं स्त्रीलम्पट हुनुहुन्छ ?’

यसमा भुवनले आफ्नो बचाउको जवाफ जसरी पनि दिन सक्छन् । वर्षौंदेखि उनी मिडियाको घेराबन्दीमा छन् । उनीमाथि अनेक आरोप-प्रत्यारोप लागिरहन्छ । त्यस्ता कुरा सहन वा पचाउन उनलाई पाचक खाइरहनु पर्दैन । उनलाई कसैले ‘स्त्रीलम्पट हुनुहुन्छ’ भनेर सोध्यो भने उनले प्रश्नकर्तालाई जिल्याउने जवाफ दिन्छन्-‘म आफैं ह्यान्डसम छु, त्यसै पनि केटीहरू मेरो पछि लाग्छन् त म के गरौं ?’

सुरा र सुन्दरीसँग भुवन केसीको अभिन्न नाता छ । यस्तो लाग्छ, सुन्दरीको साथ छाडेर भुवन रमाउनै सक्दैनन् । उनी कहीँ न कतै युवतीको आलिंगनमा बेरिएकै हुन्छन् ।

अहिले जिया केसीसँगको रहस्यमयी सम्बन्धमा छन् भुवन । उनीहरूले औपचारिक रूपमा आफ्नो सम्बन्ध खुलाएका छैनन् । न बिहे गरेका छन्, न अलग भएका छन् । एउटै छानोमुनि बस्छन् । घोषित पति-पत्नी भने होइनन् । कुनै बेला जियाले ‘भुवनसँग विवाह गर्न तयार छु’ भन्दा भुवनले त्यसको डिफेन्समा जवाफ दिएका थिए, ‘उनी मेरो फ्यान भएकाले त्यसो भनिन् होला ।’

जियाअघि  भुवन एक महिलाको अफेयरमा थिए । हुनत उनीहरूले आफ्नो सम्बन्धलाई कहिल्यै स्विकारेनन् । यद्यपि भुवन र बुटिक सञ्चालन गर्ने ती महिलाबीचको सम्बन्धले बजार निकै रापिलो बनायो ।

उक्त महिलाको गाडीमा चढेर कतै बत्तिइरहेका भुवनलाई महिलाका श्रीमान्ले बाटो छेकेर हेलमेटले कुटेको खबरले सनसनी मच्चायो । खबरअनुसार त्यस दिन कोटेश्वरनजिक भुवन केसीले कुटाइ खाएका थिए ।

तर, पछि एक अन्तर्वार्तामा भुवनले त्यस प्रसंगमा यस्तो जवाफ दिए, ‘त्यस दिन म केटी साथीसँग उनको बुटिकको विज्ञापनका लागि लोकेसन हेर्न जाँदै थियौँ । उनको श्रीमान् र परिवार छ भन्ने थाहा भएन । कसैसँग मित्रता गाँस्नुअघि बायोडाटा माग्ने कुरा पनि भएन । कोटेश्वर पुग्न लाग्दा अचानक एक मोटरसाइल आएर हाम्रो गाडी रोक्यो । उहाँ मेरी केटी साथीको श्रीमान हुनुहुँदो रहेछ । उहाँहरूबीच भनाभन भएपछि एउटा जेन्टलमेनले त्यहाँ बसिरहनु मिल्दैन ।’ आफूमाथि कसैले हातपात गरेको कुरा निराधार रहेको भन्दै उनले त्यसको पुष्टि गर्न समेत चुनौती दिए ।

यद्यपि सारङ्गा श्रेष्ठले ‘भुवन केसी नभएको भए धेरै नायिका कुमारी नै हुन्थे होलान्’ भन्नु । दुईजना पत्नी विवाह गर्नु र दुवैसँग डिभोर्स गर्नु । नव नायिकासँग लिभ इन टुगेदरमा बस्नु । अर्काकी पत्नीसँग रहस्यमयी घनिष्ठता गाँस्नुले उनको छबी उदाङ्गो हुन्छ ।

त्यसो त जतिबेला उनी करियरको उत्कर्षमा थिए, त्यसबेला यस्तो लफडा झेलेकै थिए । कुनै जमानामा फिल्म ‘महादेवी’को एउटा दृश्यमा भुवनले करिष्मा मानन्धरलाई चुम्बन गर्नुपर्ने दृश्य बारम्बार रि-टेक भएपछि विवाद पैदा भएको थियो । उक्त दृश्य भुवनको नियोजित ‘षड्यन्त्र’ भएको चर्चा आज पनि सेलाइसकेको छैन ।

भुवनले जीवनमा दुई जनासँग विवाह गरे । दुवै जनासँग डिभोर्स भयो । जेठी पत्नी विजया केसी अहिले अमेरिकामा छन् । उनीतर्फका दुई छोरा र छोरी अमेरिकामै हुर्किसकेका छन् । कान्छी पत्नी सुष्मिता बमजन अलग्गै बस्छिन् । उनीतर्फका छोरो अनमोल केसी अहिलेका सर्वाधिक महंगा सुपरस्टार हुन् । उनै सुपरस्टार छोरोको ब्रन्डिङदेखि मार्केटिङसम्मको काममा भुवन अघि सर्छन् ।

सदाबहार नायक

आज भुवनको जुन क्रेज छ, त्योभन्दा बढी अनमोलको छ । तर, अनमोलको स्टारडम पछाडि भुवन ‘पावर व्याकअप’का रूपमा छन् । कतिले भन्छन्, भुवन अनमोलका निजी सहयोगी हुन् । कतिले भन्छन्, भुवन अनमोलका म्यानेजर हुन् । पिताभन्दा एक कदम अघि बढेर भुवनले अनमोलसँग हातेमालो गरेका छन् ।

कुनै जमाना भुवनको थियो । जसरी आज अनमोलको क्रेज छ, भुवनको क्रेज त्योभन्दा कम थिएन । सपना, कुसुमे रुमाल, सम्झना जस्ता एक से एक ब्लकबस्टर फिल्म दिइरहँदा भुवन केसीले असंख्य प्रशंसक कमाइसकेका थिए ।

नेपाली फिल्मको उर्वर कालखण्ड थियो त्यो । तुलसी घिमिरे, शम्भु प्रधान, उगेन छोपेलजस्ता निर्देशक फिल्म बनाउँथे । उनीहरूको रोज्जा नायक भुवन केसी । कहिले रोमान्टिक युवाको रूपमा त कहिले जिम्मेवार पतिको भूमिकामा भुवनले आफ्नो दर्बिलो उपस्थिति जनाइरहे । र, आज पनि उनको फिल्मी ह्याङओभरबाट दर्शकहरू मुक्त भइसकेका छैनन् । पर्दामा भुवन केसी खोज्नेहरूको जमात कम छैन ।

 

२०७४ चैत २३ गते १०:०७ मा प्रकाशित (२०७४ चैत २४ गते १२:४३मा अद्यावधिक गरिएको)

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

७ प्रतिकृयाहरू प्राप्त
  • raja लेख्नुहुन्छ    |   २०७४ चैत २३ गते ९:०६

    बोका हो यो गनाउने बोका छि छि सेलिब्रेटि भन्नुपनि लाजमर्दो

    19
    4
    Share

  • kushal लेख्नुहुन्छ    |   २०७४ चैत २३ गते ९:४९

    bika kc

    3
    2
    Share

  • Khamma Singh Darlami Magar, Bharshe, Gulmi लेख्नुहुन्छ    |   २०७४ चैत २३ गते ११:४०

    He never improved since the first film he worked.

    6
    4
    Share

  • Jhalak Karki लेख्नुहुन्छ    |   २०७४ चैत २३ गते १३:३२

    यो हिसाव किताव त सायद घरायसी हाेला अाम दर्शकले गरेको हिसाव त हैन, यसलाई वास्विकता मान्न सकि‌दैन । पारिवारिक हो या नाताबाद बाट लेखेकाे लेख जस्ताे लाग्याे

    5
    0
    Share

  • Nabin लेख्नुहुन्छ    |   २०७४ चैत २४ गते ५:४०

    Yo Hisab Kitab Patrakarle Paisa Liye Anusarko Hola Tara Bhuwan KC Lai Samajle Herne Najar Bhaneko Play Boykai Ho.

    4
    0
    Share

  • देबेन्द्र बस्नेत लेख्नुहुन्छ    |   २०७४ चैत २४ गते १७:३५

    भुवन केसीको हिट भनिएका अधिकान्श फिल्म नेपालमा अरु फिल्म नै नबनेको बेलामा बनेका र चलेका फिल्म हुन । राजेश हमाल लगाएत अरु नाएकहरुको आगमन संगै अपबाद बाहेक भुवन केसी का सबै फिल्म फ्लप छन ।
    अर्को कुरा सामाजिक ब्योहार गएगुज्रेकै छ । तेसैले राजेश हमालको दाजोमा भुवन केसी बच्चा हो ।

    4
    1
    Share

  • balram dhakal लेख्नुहुन्छ    |   २०७५ असार २९ गते १६:५०

    rajesh hamal sang bhuwan kc lai kun angle baat rakhne keti ghumaudaima hiro hunx fat fut nepali film baneko bela ma rajesh hamal ko intry bhayesi nepali film le market liyeko ho r dheray film ma sano pan nadekhae kam gare film ma matra hoin unko xabi ra bhuwan kc ko xabi hernu studay hernu intenationl ma nepali hiro bhann mille kebal rajesh hamal ho sasto lekha lekher manab lai dewata sang tulana garnu hunn

    1
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया