२५ चैत, काठमाडौं । काठमाडौं–९, सिनामंगलस्थित भत्केको पुलमुनिको पेटीमा बस्दै आएका ५५ वर्षीय ज्ञाने राईको हत्या भएको छ ।
महानगरीय प्रहरी वृत्त, गौशालाका अनुसार उनको सामान्य विवादका क्रममा मादक पदार्थ सेवन गरेका ढुंगाले किचेर हत्या गरेका थिए ।
घटनामा संलग्न उदयपुरको भलायोडाँडा–३ घर भइ हाल उदयपुर गढी गाउँपालिका–७ बस्दै आएका मोटे भनिने सरोज श्रेष्ठ र सर्लाहीको हरिवन–८ घर भइ काठमाडौं–९, गैरीगाउँ बस्दै आएका २९ वर्षीय अमित भनिने मिनबहादुर पौडेललाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई पिगंलास्थलबाट पक्राउ गरेर कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी थप अनुसन्धान थालिएको वृत्तका डिएसपी अनुपम श्रेष्ठले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4