+
+
Shares

जागिरबाट निकालेको झोँकमा ८५ कम्पनीको डाटा सर्भरबाट डिलिट गर्ने वेव डेभलोपर समातिए

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत २५ गते १४:१०

२५ चैत, काठमाडौं । जागिरबाट निकालेको झोँकमा ८५ वटा कम्पनीको वेव डाटा सर्भरबाट डिलेट गरेको आरोपमा एक जना सफ्टवेर डेभलपर पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ई–जोन इन्टरनेश्नल प्रा.लि., काठमाडौंका पूर्व कर्मचारी २९ वर्षीय कमल पाठक छन् ।

जागिरबाट निकालेको झोँकमा उनले ती डाटाहरु डिलिट गरेको आरोप लागेको छ ।

काठमाडौं प्रहरी परिसरका डिएसपी मोहनकुमार थापाले ई–जोन इन्टरनेश्नलले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?