Comments Add Comment

कस्तो हुन्छ रातमा जन्मनेहरूको स्वभाव ?

ज्योतिष शास्त्रका अनुसार जन्म समयको आधारमा कुनै पनि व्यक्तिको समय थाहा पाउन सकिन्छ ।

तपाईंलाई थाहा छ- जन्मिएको समयका आधारमा व्यक्तिको चरित्र एवं स्वभावका बारेमा थाहा पाउन सकिन्छ । ज्योतिष शास्त्रका अनुसार दिनमा जन्मनेको स्वभाव रातमा जन्मनेहरूको भन्दा फरक हुन्छ । रातमा जन्मनेहरू कस्ता हुन्छन् हेरौँ,

-रातमा जन्मनेहरू साहसी हुन्छन् । यस्ता व्इक्ति जोखिमपूर्ण काम गर्न अघि सर्छन् ।

-राती जन्मने व्यक्ति कुनै पनि कामको थालनी गरेपछि त्यसलाई अधूरो छोड्दैनन् ।

-रातमा जन्मनेहरूको स्वभावमा आलस्य पनि हुन्छ । तर पनि काम पूरा गर्नुपर्दा एक हदको पागलपन नै देखाउन समेत पछि पर्दैनन् ।

-रातमा जन्मनेहरू भावनाले भन्दा बुद्धिले काम लिने खालका हुन्छन् । भाग्यमा भन्दा कर्ममा विश्वास गर्छन् ।

-रातमा जन्मनेहरू कुनै पनि काममा हार मान्दैनन् । अरूप्रति सहजै विश्वास गर्दैनन् । यिनीहरूको हौसला सदैव उच्च रहन्छ ।

-राती जन्मनेहरू कम बोल्ने स्वभावका हुन्छन् तर यिनीहरूको मन सदैव अशान्त रहन्छ ।

-राती जन्मनेहरूको स्वभाव रिसाहा खालको हुन्छ अर्थात् यिनीहरू ससाना कुरामा पनि रिसाइहाल्छन् ।

-रातमा जन्मनेहरू स्वास्थ्यका विषयमा अलि चनाखो हुन जरुरी छ किनभने यिनीहरूलाई रोगभयले सताइरहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment