+
+
Shares

राजन मुक्तिलाई जन्म कैदको सजाय

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत २८ गते १८:२२

२८ चैत, जनकपुरधाम । जनतान्त्रिक तराई मुक्त मोर्चाका अध्यक्ष रंजित झा भनिने राजन मुक्तिलाई जिल्ला अदालत धनुषाले जन्मकैदको सजाय सुनाएको छ ।

जिल्ला अदालत धनुषाका मुख्य न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले मुक्ति संलग्न छुटट्ाछुट्टै चार वटा मुद्दामा फैसला सुनाएको छ । जसमध्ये तीन वटामा जन्म कैदको सजाय सुनाएको छ ।

कृष्णराज सिंहको जाहेरीमा सरकार वादी रहेको अपहरण तथा कर्तव्य ज्यान मुद्दामा जन्म कैदको सजय सुनाएको हो ।

यस्तै कालीमाया तामाङको जोहरीमा वादी नेपाल सरकार रहेको कर्तव्य ज्यान, नरेश झाको प्रतिवेदनले जाहेरी नेपाल सरकार कर्तव्य ज्यान मुद्दा जन्म कैदको सजाय सुनाएको छ ।

तराईमा विभिन्न हिंसात्मक गतिविधि संचालन गर्दै आएको राजन मुक्तिलाई भारतको पटनाबाट पक्राउ गरिएको थियो । उनीमाथि धनुषा, महोत्तरी, सिरहा र सप्तरीमा विभिन्न हिंसात्मक गतिविधि गरेको मुद्दा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?