+
+
Shares

प्रदेश ५ को वजेट भोलि

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत २९ गते १२:५०

२९ चैत, बुटवल । प्रदेश ५ सरकारले चालु आर्थिक वर्षको असार मसान्तसम्मको आवधिक वजेट भोलि प्रदेशसभा बैठकमा पेश गर्ने भएको छ ।

मन्त्रिपरिषदको बिहीबार बसेको वैठकले चालु आर्थिक वर्ष ०७४/७५ को बाँकी अवधिको राजस्व र व्ययको अनुमानित वजेट वक्तव्य प्रदेश सभाको वैठकमा पेश गर्नका लागि स्वीकृत गरेको सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले जानकारी दिए ।

सरकारले संघीय सरकारबाट समानीकरण अनुदान अन्तर्गत प्राप्त एक अर्ब दुई करोड रुपैयांको वजेट ल्याउन लागेको हो ।

मन्त्रिपरिषद वैठकले प्रदेश विनियोजन विधेयक भोलि बस्ने संसद बैठकमा पेश गर्ने निर्णय पनि गरेको छ ।

आवधिक वजेट विशेषगरी प्रदेश सरकार अन्तर्गतका मन्त्रालय, महाशाखा, विभागका लागि भौतिक संरचना पुर्वाधार व्यवस्थापनमै केन्द्रीत हुने छ ।

यस्तै प्रदेश नंं ५ संसद सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि संसदमा पेश गर्ने निर्णय पनि मन्त्रिपरिषद वैठकले गरेको प्रवक्ता चौधरीले जानकारी दिए । यो विधेयक भने वजेट पछि अर्को संसद वैठकमा पेश गरिने प्रवक्ता चौधरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?