+
+
Shares

बैशाखबाट इन्टरनेटमार्फत सेयर खरिद विक्री आदेश दिन सकिने

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत ३० गते १५:०७

३० चैत, काठमाडौं । धितोपत्र बोर्डले ब्रोकर कम्पनी अफिसमा नपुगेर पनि सेयर किनबेच आदेश दिन सक्ने गरि ब्याक अफिसमा रहेको सफ्टवेयर प्रयोग गर्न ब्रोकर कम्पनीहरुलाई निर्देशन दिएको छ ।

गत फागुन २६ गते नै बोर्डले ब्रोकर कम्पनीलाई यस्तो निर्देशन दिएको थियो । २०७५ को सुरुदेखि नै यो व्यवस्था कार्यान्वयन गर्न बोर्डले ब्रोकर कम्पनीहरुलाई पुनः निर्देशन दिएको हो ।

यो व्यवस्थाले तात्विक फरक भने नपर्ने देखिएको छ । ब्रोकर कम्पनीहरुका अनुसार यो व्यवस्थामा लगानीकर्ताको सेयर डिम्याट खाता र बैंकमा रहेको निक्षेप खाता भने जोडिएको हुदैन् ।

‘यो व्यवस्था भनेको इमेलबाट सेयर किनबेच गर्न आदेश दिने प्रणाली हो, जसलाई ब्रोकरले हेरेर पुनः कारोबार प्रणालीमा प्रवृष्टि गराउनु पर्छ,’ एक ब्रोकरले भने । अहिले पनि कतिपय लगानीकर्ताले फोनबाट दिएको कारोबारको आदेश समेत ब्रोकरहरुले प्रवृष्टि गरिदिने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?