+
+
Shares

प्रदेश ५ सरकारले ल्यायो बजेट : ‘समृद्ध प्रदेश, सुखी जनता’को नारा

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत ३० गते १६:४०

३० चैत, बुटवल । प्रदेश सरकारले ‘सम्बृद्ध प्रदेश, सुखी जनता’को नारासहित १ अर्ब २ करोड ५ लाखको बजेट ल्याएको छ ।

शुक्रबार प्रदेशसभा बैठकमा आर्थिक मामिला मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले बजेट पेश गरे ।

प्रदेश सरकारको आफ्नो स्रोत छैन । त्यसेले केन्द्रले दिएको अनुदान रकमबाटै बजेट ल्याइएको हो ।

बजेटको ३६ करोड ६३ लाख ८२ हजार चालु खर्च र ३४ करोड ६ लाख ७५ हजार रुपैयाँ पूँजीगत खर्च छ ।

बाँकी ३१ करोड ३४ लाख ४३ हजार अर्थ बजेटमा राखिएको छ । अर्थ वजेटबाट वचत भएको रकम आगामी आर्थिक वर्षको आयमा समावेश गरिने छ ।

आफ्नो स्रोत नभएका बजेट कनिका छरे जस्तो छ । प्रदेश मन्त्रालय, संवैधानिक अंग तथा निकायहरुको स्थापना, भौतिक संरचना निर्माण र संचालन गर्न ५ करोड छुट्टाइएको छ । पहाड र तराईका अति पीछडिएका गाउँपालिकाहरुलाई लक्षित गरी मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमका लागि २ करोड विनियोजन भएको छ ।

सहकारी विकास कोष स्थापनाका लागि एक करोड वजेट विनियोजन गरिएको छ । कृषि, पशुपालन, मत्स्यपालन व्यवसायलाई प्रोत्साहनका लागि उत्पादनमा आधारित अनुदान दिन अनुदान कोष स्थापनाका लागि एक करोड वजेट विनियोजन गरिएको छ ।

सहकारी विकास कोष स्थापनाका लागि एक करोड विनियोजन गरिएको छ । प्रदेशमा तीनवटा महानगर बनाउन संभाव्यता अध्ययन गर्न तथा दाङको घोराही र बुटवलमा रंगशाला निर्माण गर्न वजेट विनियोजन गर्ने उल्लेख छ ।

प्रदेश सूचना केन्द्र स्थापनाका लागि अध्धयन गर्न २० लाख, रामग्रामदेखि तिलौराकोटसम्म मोनोरेल, लुम्बिनी क्षेत्रमा पर्यटकको बसाई अवधि बढाउन सम्भाव्यता अध्ययनका साथै जगदिशपूर ताल संरक्षण कार्यक्रमका लागि २२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

हेर्नुस् बजेटको पूर्णपाठ :

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत समानुपातिक मत %
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?