Comments Add Comment

सिन्धुपाल्चोकका वडाध्यक्ष जुवा खालबाट समातिए

२ बैशाख, काठमाडौं । सिन्धुपाल्चोकका एक जना वडाध्यक्ष काठमाडौंमा जुवाको खालबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ का वडाध्यक्ष ४३ वर्षीय छिरिङ लामा छन् ।

उनी कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

उनीसहित ५३ वर्षीय दोर्जे तामाङ र ४० वर्षीय दावा तामाङ पनि पक्राउ परेका छन् । उनीहरुलाई महानगरीय प्रहरी वृत्त, बौद्धको टोलीले जोरपाटीबाट पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ४ बुक तास र २३ हजार रुपैयाँ पनि बरामद भएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment