Comments Add Comment

मिस नेपाल निकितालाई पहिलो फिल्ममै चर्को पारिश्रमिक


नेपाली चलचित्र क्षेत्रमा अहिले १० लाख पारिश्रमिक निकै चर्चित छ । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले चलचित्र ‘कायरा’मा १० लाख पारिश्रमिक लिएपछि यसले व्यापक चर्चा पायो । १० लाख पारिश्रमिक लिदै साम्राज्ञी सवैभन्दा महंगी नायिकासमेत बनिन् ।

यस्तै, चलचित्र ‘रामकहानी’मा हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ ले पनि १० लाख पारिश्रमिक लिएपछि यसले हंगामा नै मच्चायो । केदारलाई ‘महंगा माग्ने’ समेत भनियो । यसपछि, उनलाई २० र २५ लाखको पारिश्रमिकको अफरसमेत आयो ।

अहिले, फेरि चलचित्र क्षेत्रमा १० लाख पारिश्रमिकको चर्चा सुरु भएको छ । चलचित्र ‘रानी महल’ मा अनुवन्धित भएकी सन् २०१७ कि मिस नेपाल ‘निकिता चण्डक’ले१० लाख पारिश्रमिक लिएको वुझिएको छ ।

निकिताका लागि यो पारिश्रमिकको बार्गेनिङ ‘मिस नेपाल’को आयोजक संस्था द हिडेन ट्रेजरले नै गरेको हो । जुन पारिश्रमिक दिन निर्माणपक्ष तयार भयो ।

वर्षा शिवाकोटी ब्याक भएपछि नायिका नपाएर फिटफिटी परेको यो चलचित्रको निर्माणपक्षलाई निकिताको आगमन सुखद त भयो, तर महंगो पनि परेको छ । दर्शकमा खासै क्रेज नरहेकी सुन्दरीलाई पहिलो फिल्ममै चर्को पारिश्रमिक दिन निर्माण पक्ष किन तयार भयो बुझिनसक्नु छ ।

निकितालाई २ किस्तामा १० लाख पारिश्रमिक दिने संझौता भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment