Comments Add Comment

कुसुन्डा जातिका ‘राजा मामा’को निधन

५ वैशाख, काठमाडौं । लोपोन्मुख कुसुन्डा जातिका ‘राजा मामा’को निधन भएको छ । तनहुँको ब्यास नगरपालिका वडा नम्बर १० डीही गाउँमा बस्दै आएका राजा मामाको बुधबार बिहान ७५ वर्षको उमेरमा आफ्नै घरमा निधन भएको हो ।

उनी कुसुन्डा जातिको भाषा बोल्न जान्ने एकमात्र व्यक्ति थिए ।

आदिवासी जनजाती महासंघ तनहुँ जिल्ला समन्वय परिषदका निवर्तमान अध्यक्ष दीर्घ दरैले अनलाइनखबरलाई दिएको जानकारीअनुसार राजा मामा बिहान पाँच बजेतिर आफ्नै घरमा लडिरहेको अवस्थामा फेला परेका थिए । त्यसपछि घरका सदस्यहरुले उठाएर चिया पिलाएका थिए । त्यसको केहीबेरमै उनको निधन भएको हो।

राजा मामा उच्च रक्तचापको बिरामी थिए ।

उनको निधनले लोपोन्मुख कुसुन्डा जाती र सिंगो आदिवासी जनजातीहरुलाई अपुरणीय क्षति भएको दरैले बताए ।

‘कुसुन्डा कान्छा’ बने ‘राजा मामा’

उनलाई आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले संरक्षण गरेर राखेको थियो । प्रतिष्ठानले २०६१ सालतिर इन्द्रमाया तामाङसँग बिहे गराइदिएको थियो ।

उनी गाउँमा ‘कुसुन्डा कान्छा’ भनेर चिनिन्थे । पछि आदिवासी जनजाती अगुवाहरुले उनलाई ‘राजा मामा’ नाम दिएका हुन् । उनले तनहुँ जिल्ला प्रशासन कार्यालयबाट पनि ‘राजा मामा कुसुन्डा’ नामबाट नागरिकता बनाएका छन् ।

आदिवासी जनजाती महासंघ तनहुँ जिल्ला समन्वय परिषदका निवर्तमान अध्यक्ष दीर्घ दरैका अनुसार राजा मामा कुसुन्डाको अहिले अन्तिम संस्कारको तयारी भइरहेको छ । उनको श्रीमती र तीन कक्षामा अध्ययनरत एक छोरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment