Comments Add Comment

राजामामा कुसुण्डालार्इ १० वर्षीया छोरीले दिइन् दागबत्ती

५ वैशाख, तनहुँ । लोपोन्मुख जातिका ६५ वर्षीय राजामामा कुसुण्डाको बुधबार बिहान निधन भएपछि उनको पार्थिव शरीरमा १० वर्षीय छोरी सीमान्तले दागबत्ती दिएकी छन् ।

पवित्र मादी र सेती घाटमा पु¥याइएको बाबुका पार्थिव शरीरमा छोरी सिमान्तले दागबत्ती दिएकी हुन् । घाटमा लाने बेला उनको शवमा प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान)ले समेत काँध थापेका थिए ।

उनको पार्थिव शरीरमा नेपाल आदिवासी जनजाति समन्वय परिषद्का सल्लाहकार यामबहादुर आले र जिल्ला अध्यक्ष वसुन्धरा घर्तीले जनजातिको झण्डा ओढाएका थिए ।

राजामामाकी पत्नी इन्द्रमाया श्रीमान्को  क्रिया बस्ने बताइएको छ । बुधबार बिहान व्यास-१० स्थित आफ्नै घरको आँगनमा एक्कासि ढलेका राजामामाको केही बेरपछि निधन भएको थियो ।

उनी लामो समयदेखि प्रेसरको बिरामी थिए । राजामामाको निधनपछि कुसुण्डा भाषाको संरक्षण कस्ले गर्ने भन्ने चिन्ता बढेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment