+
+
Shares

ओमको घान्द्रुकमा शाखारहित बैंकिङ्ग सेवा

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख ६ गते १६:१३


६ वैशाख, काठमाडौं । ओम डेभलपमेन्ट बैंकले कास्की जिल्लाको पर्यटकिय गाउँ घान्द्रुकमा शाखा रहित बैंकिङ्ग सेवा शुरु गरेको छ । कार्यक्रमका प्रमुख अतिथी अन्नपूर्ण गांउपालिकाका अध्यक्ष युवराज कुंवरले मेश्रम बाराह माबिका बिद्यार्थीलाई छात्राबृत्ती प्रदान गरी शाखा रहित बैंकिङ्ग सेवाको बिधिवत उद्धघाटन गरे ।

बैंकको सञ्जाल बिस्तार गरी ग्राहकहरुलाई थप सुविधा प्रदान गर्ने उदेश्यका साथ शाखा रहित बैंकिङ्ग सेवा शुरु गरिएको र यसबाट बैंकिङ्ग सेवा पुग्न नसकेका घान्द्रुक, छोमरोम र आसपासका क्षेत्रका बासिन्दाहरु लाभान्वित हुने प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारीले बताए ।

शाखारहित बैंकिङ्ग सेवाको लागि बैंकले आफ्नै कर्मचारी बिवेक गुरुङ्गलाई नियुक्त गरेको छ । यस सेवा अन्तर्गत ग्राहकहरुले बैंकको बायोम्याटि्रक्स ट्याब्लेट मेशिनबाट प्रतिदिन २ लाख सम्म निक्षेप जम्मा गर्न र १ लाख सम्म निक्षेप तथा रेमिटेन्सको भुक्तानी लिन र ग्राहकहरुबाट कर्जाको फाईल संकलन गर्नेछ ।

मर्चेन्ट पेमेन्ट सुविधा अन्तर्गत डिस होमको रिचार्ज गर्न, मोवाईलको बिल भुक्तानी तथा रिचार्ज गर्न, सक्नेछन भने चांडै नै बिजुली बत्ती तथा अन्य बिलहरु भुक्तानी गर्ने सुविधा पनि शुरु गरिनेे प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारीले बताए ।

कार्यक्रममा बैंकका सञ्चालक राजेन्द्र कुमार बाटाजुले बैंकको हालसम्म ५२ वटा शाखा, एउटा एक्स्टेन्सन काउन्टर र १६ वटा एटिएम मेशिनबाट ४२१ कर्मचारीहरुद्धारा २ लाख ३१ हजार ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको र निशुल्क सि-आश्वा सेवा र बिना धितो १५ लाख सम्म प्रोफेशनल कर्जा प्रदान गरिरहेको बताए । बैंकले चैत्र मसान्तसम्म १९ अर्ब १२ करोड निक्षेप संकलन गरी १७ अर्ब ९ करोड कर्जा लगानी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?