Comments Add Comment

एउटा सरकारी स्कुल, जहाँ पढ्न विद्यार्थीले मरिहत्ते गर्छन्

 ७ वैशाख, बुटवल । अधिकांश सामुदायिक स्कुललाई विद्यार्थी जुटाउन ठूलै पापड बेल्नु परेको छ ।

तर, बुटवलमा एउटा यस्तो समुदायिक स्कुल छ, जहाँ भर्ना हुन मन्त्रीदेखि सांसदको फोन लगाएर आउनेहरु धेरै छ । विद्यालयले सबैलाई भर्ना गर्न सक्ने अवस्था नै छैन ।

हो, कालिका मानवज्ञान माध्यमिक विद्यालयमा यस्तै छ । नयाँ शैक्षिक सत्रको शुरुवातसँगै विद्यालयमा भर्ना भएर पढ्न चाहने विद्यार्थीको ओइरो लागेको छ । अभिभावक लिएर विद्यालयमा पुगेका विद्यार्थीहरुको भीड ठूलै मेलामा भने कम छैन ।

कालिका मावी राम्रो समुदायिक स्कुल हो । हालै मात्र विद्यार्थीसंख्या कम भएको मानवज्ञान पनि त्यही मर्ज भएको छ र १२ सय विद्यार्थीका लागि भर्ना गर्ने कोटा तोकेको छ ।

तर, विद्यालयको हाताभित्र झण्डै ५ हजार विद्यार्थी अभिभावक लिएर पुगेका छन् । भर्ना म्यादको अन्तिम दिनसम्म फारम भर्नेको संख्या ३ हजार १ सय ४३ पुगेको छ ।

प्रार्चाय घनश्याम पाठकले भने, ‘भर्ना गरिदिनुपर्‍यो भन्दै मन्त्रीदेखि माननीयसम्मको फोन आएको छ ।’

विद्यार्थीहरुको सुन्दर भविश्यका लागि आफ्नो टीम लागेको र अन्य सामुदायिक भन्दा फरक र बढि मेहनत गरेकाले विद्यालयप्रति सबैको आकर्षण बढेको पाठकले बताए ।

भर्ना अघि विद्यार्थीहरुले परीक्षा दिनुपर्छ । वैशाख ८ गते निकाल्ने नजिता सार्वजजिक गर्ने, ९ गते भर्ना दिने र र १० गतेदेखि कक्षा संचालन गर्ने थयारी छ । क्वालिटी मेजरमेन्ट टुल प्रयोग गरेर विद्यार्थीको छनोट गरिने प्राचार्यले पाठकले बताए ।

विद्यालयमा अहिले नै ४ हजार ३९७ विद्यार्थी छन् । नयाँ भर्नापछि ५ हजार ५ सय पुग्छ । कालिका मानवज्ञानमा २२० शिक्षक कार्यरत छन् । कक्षा ६ देखिमा ४ सय मासिक शुल्क लिइने गरेको छ भने कक्षा ९ मा मासिक ६ सय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment