९ वैशाख, सुर्खेत । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख दुर्गाकेशर खनालसमक्ष पेश गरेका छन् ।
आइतबार विहान ११ बजे प्रदेश प्रमुख खनाललाई भेटी मुख्यमन्त्री शाहीले सरकारको नीति तथा कार्यक्रमम प्रदेश प्रमुख खनाल समक्ष पेश गरेका हुन् ।
मन्त्रीपरिषद वैठकले स्वीकृत गरेको नीति तथा कार्यक्रम प्रदेश प्रमुखले प्रदेश सभामा पेश गर्ने संवैधानिक व्यवस्था रहेको छ ।
सोमबार बस्ने प्रदेश सभा बैैठकमा प्रदेश प्रमुख दुर्गाकेशर खनालले सरकारको चालु आर्थिक वर्षको बाँकी तीन महिनाका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ ।
कर्णाली प्रदेश सरकारको शनिवार सम्पन्न मन्त्रीपरिषद बैठकले चालु आर्थिक वर्षको बाँकी समयका लागि प्रदेश सरकारको नीती तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4