+
+
Shares

विमानस्थलबाट दुई केजी सुनको झोलसहित भारतीय नागरिक समातिए

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख ९ गते १८:०३

९ बैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनको विस्कुट र गहना बनाएर तस्करी हुने गरेको कुरा अब नौला रहेनन् ।  विमानस्थल प्रहरीले सुन तस्करीको नयाँ शैली फेला पारेको छ ।

झोल बनाएर भित्र्याउन लागिएको १ हजार ९ सय ६८ ग्राम सुन प्रहरीले बरामद गरेसँगै तस्करीको नयाँ शैली सार्वजनिक भएको हो ।

दूबईबाट आएको सुनको झोलसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । यद्यपि, पक्राउ परेका व्यक्तिको नाम भने खुलाइएको छैन ।

‘एउटा केमिकलको प्रयोग गरेर दूबईबाटै जेल बनाएर कम्मरमा बाँधेर बैल्ट जस्तै देखिने गरी ल्याएको अवस्थामा सुन बरामद भएको हो’, विमानस्थल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) गणेश चन्दले अनलाइनखबरसँग भने, ‘जेल बनाएपछि मेटल डिटेक्टरले पनि थाहा नपाउने भएपछि उनीहरुले यो शैलीको प्रयोग गर्दा रहेछन् ।’

उनका अनुसार शुक्रबार पक्राउ परेका व्यक्तिको मुद्दा बुझाइएको छ ।

यसअघि विमानस्थल प्रहरीले गत २९ चैतमा पनि झोल बनाइएको २७ सय ग्राम सुनसहित एक जनालाई पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?