९ बैशाख, काठमाडौं । महानगरीय प्रहरी वृत्त, लैनचौरले अवैध लागूऔषध कारोबार गर्ने गिरोहका ४ जनालाई पक्राउ गरेको छ ।
पंक्राउ पर्नेमा स्याङ्जाको अर्जुन चौपारी गाविस–३ का २२ वर्षीय रविन गुरुङ्ग, सोलुखम्वुको दिङ्गला–९ का ३३ वर्षीय लाक्पा शेर्पा, पर्साको लङ्गडी–१ का १९ वर्षीय दिपु कुमार र सोही ठाउँका १८ वर्षीय राजु कुमार छन् ।
विशेष सूचनाको आधारमा खोजतलास गर्दा काठमाडौं–१६, नयाँ बजारमा उनीहरुलाई शंकास्पद अवस्थमा फेला पारेर चेकजाँच गर्दा प्लाष्टिकको झोलाभित्र लुकाइ राखिएको अवस्थमा लागूऔषध भेटिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले बताए ।
उनका अनुसार उनीहरुको साथबाट डाइजिल्इाब एम्पुल ७ सय ७६ थान, फेनेरागन एम्पुर ५ सय ९० थान र नोफिन ५ सय ५६ एम्पुल बरामद भएको छ ।
लैनचौर वृत्तका डिएसपी दिपक पोखरेलका अनुसार उनीहरु मध्ये दिपुको पिठ्यूमा रहेको झोलाभित्र उक्त परिणामको लागूऔषध बरामद भएको थियो ।
थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।
प्रतिक्रिया 4