Comments Add Comment

विदेशमा रहेका नेपालीलार्इ ईमेलबाटै पुलिस रिपोर्ट


११ वैशाख, काठमाडौं । विदेशमा रहेका नेपालीलाई लक्षित गर्दै प्रहरीले ईमेलबाटै प्रहरी रिपोर्ट बनाउन मिल्ने व्यवस्था गरेको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता डिआईजी मनोज नेउपानेका अनुसार विदेशमा रहेका नेपालीलाई आवश्यक पर्ने चारित्रिक रिपोर्ट सहज रुपमा लिन पाउने व्यवस्था मिलाउन ईमेल सेवा विस्तार गरिएको हो ।

उनका अनुसार प्रहरी प्रधान कार्यालयको चालचलन शाखाको ईमेल [email protected] मार्फत आवश्यक कागजातसहित आवेदन दर्ता गरी ईमेलबाटै पुलिस रिपोर्ट प्राप्त हुने हुनेछ ।

यसअघि काठमाडौंमा महानगरीय प्रहरी कार्यालय, रानीपोखरी, महानगरीय प्रहरी परिसर ललितपुर, भक्तपुर, महानगरीय प्रहरी वृत्त, महाराजगञ्ज, प्रदेश १ मा प्रदेश प्रहरी कार्यालय, बिराटनगर, प्रदेश ३ मा हेटौंडा, प्रदेश प्रहरी कार्यालय, प्रदेश ४ मा प्रदेश प्रहरी कार्यालय, पोखरा, संघीय प्रहरी ईकाइ कार्यालय, भेरी नेपालगञ्ज र संघीय प्रहरी ईकाइ कार्यालय, सेती धनगढीबाट पुलिस रिपोर्ट प्रदान गरिँदै आएको थियो ।

काठमाडौंको थप दुर्इ प्रहरी वृत्तबाट पुलिस रिपोर्ट पाउने व्यवस्था मिलाइएको छ । जसमा महानगरीय प्रहरी वृत्त, कालिमाटी र गौशाला छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment