Comments Add Comment

बलात्कार गर्न खोज्नेलाई अण्डकोषमा हिर्काउँदा मृत्यु

सा‌ंकेतिक फोटो

११  वैशाख, दाङ । दाङमा बलात्कार प्रयास गर्ने एक पुरुषको हत्या भएको छ । तुलसीपुर उपमहानगरपालिका १५ कि ४० वर्षीया एक महिलाको आक्रमणबाट स्थानीय ६४ वर्षीय रोबरबहादुर खत्रीको मृत्यु भएको हो ।

खत्रीले बलात्कारको प्रयास गरेपछि लात्तीले हिर्काउँदा अन्डकोषमा लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार खत्री वैशाख ९ गते राति १ देखि डेढ बजेको बीचमा गुट्खा किन्ने बाहनामा पसलमा पुगेका थिए । उनले गुट्खा किनेपछि आफूलाई तिर्खा लागेको बताएर महिलाको कोठामा गएका थिए । त्यही क्रममा खत्रीले ती महिलालाई बलात्कार प्रयास गरेका थिए ।

‘राति सामान किन्ने बाहना बनाएर पसलमा गएको र फेरि पानी खाने भनेर कोठामा प्रवेश गरेर जबर्जस्ती करणी गर्न खोजेपछि महिलाले संवेदनशील अंगमा लात्तीले हान्दा मृत्यु भएको भन्ने बुझिएको छ’ इलाका प्रहरी कार्यालय तुल्सीपुरका डीएसपी प्रकाश सापकोटाले भने ।

यद्यपि मृतक खत्रीका परिवारले भने हत्या भएको भन्दै जाहेरी दिएपछि प्रहरीले ती महिलालाई हिरासतमा लिएको छ । ‘मृतकका परिवारले कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएपछि महिलालाई हिरासतमा लिएर अनुसन्धान गरिरहेका छौं’ उनले भने ‘यो विषय सतित्व रक्षा अन्तर्गत पर्ने वा नपर्ने सम्मानित अदालतले टुंगो लगाउला ।’

के छ कानुनी व्यवस्था ?

मुलुकी ऐन जबर्जस्ती करणीको ८ नम्बर अनुसार जबर्जस्ती करणी गर्ने मनसायले कसैले जोर जुलुम गरेमा महिलाले आत्मरक्षाको लागि हतियार चलाउदा ज्यान मर्न गएको ठहरे कुनै सजायँ भोग्नु पर्दैन ।

उक्त दफामा भनिएको छ ‘कसैले आफूलाई जबर्जस्ती करणी गर्ने मनसायलई बन्धक गरी वा हातपात, छेकथुन, बाँध छाँद आक्रमण इत्यादि जोर जुलुम गर्न लागेकोमा कुनै महिलाले त्यस्तो जुम्लीको पञ्जाबाट उम्की भागी आफूलाई करणी गर्नबाट रोक्न नसक्ने विश्वास भएमा वा विश्वास गर्नुपर्ने मनासिव कारण भएमा र तत्काल कसैको संरक्षण वा मद्दत उपलब्ध हुने वा हुन सक्ने अवस्था नभएमा र त्यस्तो जुम्लीलाई आफ्ना अक्कल वर्कतले सक्नेसम्म उपाय तत्काल केही नगरे आफूमाथि करणी हुनेसम्मको ठूलो डर, त्रास परी करणी लिन नपाउँदै वा उसै बखत, आफ्नो जोढबल पुग्गन नसक्नेमा करणी लिइसकेपछि पनि सोही कुराको रिस थाम्न नसकी उसैबहत करणी लिएकै थलामा वा लपेट्दै गई हतियार लाठो, ढुंगा इत्यादि केही चलाई ज्यान मर्न गएको ठहरे वात लाग्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment