यतिबेला बलिउडमा सञ्जय दत्तको बायोपिक ‘सञ्जु’ को ब्यापक चर्चा छ । रणवीर कपुरले प्रमुख भूमिका निभाएको यो फिल्मको टिजर सार्वजनिक भएपछि धेरैले प्रशंसा गरेका छन् ।
टिजरमा रणवीर सिंह संजय दत्तको विभिन्न उमेरका चरिचत्रहरुमा देखिन्छन् । सबैमा उनले गजबको नक्कल उतारेका छन् । यो फिल्मका लागि उनले निकै मिहिनेत गरेको प्रष्ट झल्किन्छ । साथै राजकुमार हिरानी जस्ता प्रतिभावान निर्देशकको हातमा परेपछि उनको अभिनय निखारिने नै भयो ।
टिजर लन्च गर्ने कार्यक्रममा रणवीरले सञ्जय दत्तका विषयमा आफ्ना केही कुरा राखे ।
‘सञ्जय दत्त हाम्रो परिवारको निकै राम्रा साथी हुन् र उनी मलाई आफ्नो भाईजस्तो मान्छन् । तर, जब मैले उनको जिन्दगीको उतार चढाव जस्तै हतियार केस, उनको आमाको मृत्यू, तथा कैयन् केटीहरुसँग नाम जोडिनुका बारेमा सुनेँ, म छक्क परेँ ।’
रणवीरका अनुसार उनलाई सञ्जयको युवाअवस्थाको भूमिका निभाउन सबैभन्दा बढि गाह्रो परेको थियो । किनकी त्यतिबेला सञ्जय दत्त एकातिर ड्रग्सको कुलतमा फसेका थिए भने अर्कोतिर आमा बितेको चोट थियो । त्यसैले यो पार्टको अभिनय सबैभन्दा मुस्किल भएको रणवीरले बताएका छन् ।
साथै उनलाई सबैभन्दा रमाइलो लागेको चाहिँ मुन्ना भाईवाला भाग सुटिङ गर्न हो । यो फिल्म आगामी २९ जूनमा रिलिज हुँदैछ ।
प्रतिक्रिया 4