Comments Add Comment

बलात्कारको डाटा : कुन जातिका कति बलात्कृत ?

सा‌ंकेतिक फोटो

१२ वैशाख, काठमाडौं । नेपालमा तीन आर्थिक वर्षको अवसरमा ३ हजार ५ सयवटा बलात्कारका घटना प्रहरीमा दर्ता भएका छन् । पछिल्लो आर्थिक वर्षको ९ महिनामा मात्रै १ हजार १ सय ३० वटा बलात्कारका घटना दर्ता भएका छन् ।

जागरण मिडिया सेन्टरले बुधबार अनामनगरको युनियन हाउसमा आयोजित एक कार्यक्रममा बलात्कारपीडितहरुको जातीय डाटा सार्वजनिक गरेको छ ।

यसअनुसार जम्म ७९२ वटा घटनामाथि गरिएको विश्लेषणमा ३४ प्रतिशत आदिवासी जनजाति समुदायका महिलाहरु बलात्कारको शिकार बनेको उल्लेख छ ।

दोस्रो पीडितमा दलित महिला तथा बालिकाहरु छन् । यो समुदायमा बलात्कार पीडितको संख्या १९ प्रतिशत देखाइएको छ ।

खसआर्य (क्षत्री बाहुन) समुदायका ३७ प्रतिशत चेलीबेटीहरु बलात्कारको शिकार बनेको देखाइएको छ । तर, चार्टमा क्षेत्री र बाहुनको तथ्यांक अलग-अलग राखिएको छ, जसमा क्षत्री १८ प्रतिशत र बाहुन समुदायका पीडितको संख्या ९ प्रतिशत देखाइएको छ ।

त्यस्तै मधेसी ६ प्रतिशत र मुस्लिम ४ समुदायका प्रतिशत मानिसहरु बलात्कारबाट पीडित रहेको देखाइएको छ ।

तथ्यांक प्रस्तुत गर्दै जागरण मिडिया सेन्टरका शोधकर्ताले दलित समुदायका महिला र वालिकामाथि बलात्कारका घटना बढी हुने गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment