Comments Add Comment

केस मुन्डनबारे निशा: ‘फेरि मुडुलो हुन मन लाग्यो, भएँ’


सामान्यतया केटी मान्छेहरुले कपाल मुन्डन गरेको स्वभाविक लाग्दैन । लामो कपालमै उनीहरु सुन्दर देखिन्छन् । तर, कसैलाई रहर लाग्यो त के गर्ने ? आखिर यो निजी कुरा न हो ।

प्रसंग हो गर्भवती नायिका निशा अधिकारीको । उनले पहिले पनि एकपटक कपाल खौरिएकी थिइन् । हाल अमेरिकामा बसेर पहिलो बच्चाको प्रतिक्षा गरिरहेकी नायिकाले फेरि कपाल मुन्डन गरिछन् । नायिकाले कपाल मुन्डन गरेको विषय मिडियामा रमाइलो गसिप बन्ने नै भयो ।

तर, मिडियाप्रति आलोचनात्मक दृष्टिकोण राख्ने नायिकाले फेसबुकमा लामो स्टाटस लेखेर घुमाउरो असन्तुष्टी प्रकट गरेकी छिन् । ‘कपाल होस, नहोस, लामो होस, छोटो होस, रंग्याइएको होस, नहोस केही फरक पर्दैन,’ निशाले लेखेकी छिन्, ‘मलाई मुडुलो हुन मन लाग्यो, भएँ । एकपटक होइन, दुईपटक भएँ । मेरा बुवाआमाले अझै मलाई उस्तै माया गर्नुहुन्छ । मेरो श्रीमाले मलाई अझै राम्री देख्नुहुन्छ । मेरो आउने बच्चाले मलाई हेर्नेछ र मम्मीको यो भर्सनलाई मन पराउनेछ ।’

उनले कपाल मुन्डन गर्नु आफ्नो व्यक्तिगत स्वतन्त्रताको कुरा भएको बताएकी छिन् । ‘मेरो कपाल र शरीरमा मेरो स्वामित्व छ,’ निशा अगाडि लेख्छिन्, ‘मैले अरुलाई हानी नपुर्‍याउँदासम्म यसमा जे पनि गर्न सक्छु । अवश्य पनि तपाईंहरु आफ्नो दृष्टिकोण दिन सक्नुहुनेछ र तपाईंले माया गरे पनि नगरे पनि म आभारी छु । तर छलफल गर्नुपर्ने योभन्दा ठूला र अर्थपूर्ण अरु विषयहरु छन् ।

अन्त्यमा उनले लेखकी छिन्, ‘तपाईं त्यतिबेला सबैभन्दा सुन्दर देखिनुहुन्छ जब सुन्दरताको आफ्नै परिभाषाको स्वामित्व लिन र त्यसलाई कार्यान्वयन गर्न सफल बन्नुहुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment