+
+
WC Series
पोखरा एभेन्जर्स 2025
138/6 (17.4)
VS
१४ बलमा २८ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

अतिथि स्वागतमा बालबालिकालाई लाइन लगाउन रोक

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख १३ गते २०:५२
तस्वीर : मकर श्रेष्ठको फेसबुकबाट

१३ वैशाख, काठमाडौं । विद्यार्थी भर्ना अभियानमा प्रधानमन्त्री मात्र होइन, मन्त्री र सांसदहरुले पनि सक्रिय सहभागिता जनाएका छन् । स्कुल-स्कुलमा पुगेर अभिभावकत्व ग्रहण गरिरहेका छन् । यसले थुप्रै बालबालिकालाई पढ्ने मौका दिएको छ ।

तर, मन्त्री र सांसदहरु स्कुलमा पुग्दा साना बालबालिकालाई लाइन लगाएर स्वागत गराउने पनि गरिन्छ । कहिलेकाहीँ घन्टौ लाइनमा राख्ने गरिएको छ ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेल गोरखाको पालुङटार नगरपालिका ८ लुइँटेलमा रहेको अमर ज्योति जनता माविमा पुग्दा पनि विद्यार्थीहरुले लाइन लागेर स्वागत गरेका थिए ।

अब भने यसमा रोक लाग्ने भएको छ । शिक्षामन्त्री पोखरेलले अतिथि स्वागतका नाममा बालबालिकालाई लाइन लगाउन रोक लगाइने बताएका छन् । उनले भने, ‘देशभर परिपत्र गर्न मैले सचिवज्यूलाई भनिसकेको छु ।’

अब स्कुलमा अतिथि स्वागतका नाममा बालबालिकालाई लाइन लगाउने नपाइने उनले बताए ।

साथै स्वागतमा खादा र माला प्रयोगलाई पनि निरुत्साहित गरिने उनले बताए । ‘स्कुल कमाउण्डमा फूलेको फूल दिए हुन्छ, खादा माला चाहिँदैन’ उनले भने ।

त्यसको सुरुवात आफूले बुधबार गोरखाको बारपाकबाट गरिसकेको पनि मन्त्री पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?