+
+

खुकुरी XXX रमले ल्यायो नेपाल अन्तर्राष्ट्रिय बारटेन्डर

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख १४ गते १५:०६


१४ वैशाख, काठमाडौं । ‘खुकुरी एस अफ रम मास्टरक्लास’को लागि दुई अन्तर्राष्ट्रिय प्रख्यात बार टेन्डर र मिक्सोलोजिष्ट नेपाल आएका छन् । सिंगापुरका दिनहसन र भारतका अमी श्रोफ नेपाल आएका हुन् ।

मास्टर क्लास खुकुरी XXX रम महोत्सव अन्तर्गत भएको मुख्य समारोहमध्ये यो एक हो । यो प्रसिद्ध रेस्टुरेन्ट, होटल र नेपालका पब बार टेन्डरहरूको लागि खुकुरी XXX रमद्वारा आयोजित पहिलो बार टेन्डिङ प्रशिक्षण हो ।

दिनहसन केलाभी रेष्टुरेन्ट र स्काइ बरात मरिना बे स्यान्ड्सका बारम्यान हुन् । यिनले २५ वर्षभन्दा लामो समयदेखि बार ट्रन्डिङपेशा अपाएका छन् ।

धेरै अन्तर्राष्ट्रीय कक्टेल प्रतिस्पर्धाहरुमा निर्णायकको रुपमा काम गरिसकेका छन् र यिनको उत्कृष्ट कक्टेलहरुले एशियाभरमा विभिन्न अवार्डहरु जितिसकेका छन् ।

अमी श्रोफ लन्डन ट्याक्सीका एक प्रसिद्ध मिक्सोलोजिष्ट हुन् । मुम्बईको प्रसिद्ध ग्यास्ट्रो-पब मायिनले देखाउने फ्लेयर बारट्रेन्डिङ र मिक्सोलोजीको अद्भुत प्रदर्शनीले यिनले विश्वभरी नै प्रशंसा पाएकी थिइन् । यसका साथै यिनले २०१८ टाइम्स फूड एन्ड नाइट लाइभ अवार्डको पनि हासिल गरेकी थिइन् ।

उनीहरुले दरबारमार्गमा मानिसहरुले कक्टेलको मजा लिएका थिए, जहाँ दीनहसनले यो कक्टेल आफैं सर्भ गरेका थिए । यसै गरी अमी श्रोफले आफ्नो यो अद्भुत कलाको प्रदर्शनी बूज बेलीमा २४ मा र अप्रिलमा २५ अपि्रलमा गरेकी थिइन् । उनीले यो प्रदर्शनी रोड हाउसको मिजीमा २६ ओपिएममा २५ अपि्रलमा गर्ने छिन् ।

खुकुरी XXX रमले अहिले नेपालमै पहिलो पटक पृथककिसिमको रम महोत्सव काठमाडौंमा आयोजना गर्दैछ । यस महोत्सवमा ५० वटाभन्दा बढी पार्टनर रेष्टुरेन्टहरु छन्, जसले नेपालको रम पिउने बानीलाई दर्शाउनेछ ।

खुकुरी XXX रम महोत्सव विभिन्न अन्तरक्रियात्मक कार्यक्रमहरु र अझै थुप्रै नयाँ समारोहहरुका साथ २४ अपि्रलदेखि सेप्टेम्बर २०१८ सम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?