Comments Add Comment

अस्ट्रेलियन खेलाडी कट्रिनाले भनिन- नेपाल मेरो दोश्रो घर

नबिन पन्त । एडीलेड / एडीलेड नेप्लिज क्रिकेट एशोसिएसन (एनका) को वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ ।

एनका खेलकुद सत्र १७-१८ को अन्त्यसँगै आयोजना भएको उक्त कार्यक्रममा खेलाडीहरु, स्पोन्सर लगायत सहयोगीहरुलाई अवार्ड वितरण गरिएको थियो ।

कलाकार सन्तोष र बिनीको नृत्यबाट सुरु भएको उक्त कार्यक्रममा क्लबका पब्लिक अफिसर तथा साउथ अस्ट्रेलियन क्रिकेट एशोसिएसनका कम्युनिटी क्रिकेट एमबेस्डर दिपक क्षेत्रीले यस सत्रमा भएको कार्यक्रमहरुको बारेमा बताए थिए ।

दशैँ कप , रक्तदान कार्यक्रम , एक्स्पर्ट एनका लिग, माइलो इनटू क्रिकेट , टेस्ट अफ हिमालय टि-२० सिरिज , एडीलेड नेप्लिज क्रिकेट एशोसिएसन (एनका) र साउथ अस्ट्रेलियन डिफ क्रिकेट (एस.ए.डिफ) क्लब बीच खेल, साका फ्रेन्डसीप कप, एनका सुपर सिक्स लगायतका कार्यक्रमहरु आयोजना गरेको र सहभागिता जनाएको क्षेत्रीले बताएका थिए।

कार्यक्रममा बोल्दै पाराल्याम्पिक खेलाडी कट्रिना वेब्बले एनकाले गरेका कार्यक्रमहरुको प्रसंशा गर्दै नेपाल आफ्नो दोस्रो घर भएको बताएकी थिइन् ।

नेपाल सुन्दर देश भएको बताउँदै नेपालको परोपकारी कामको लागि आर्थिक सहयोग जुटाउँदै आएको उनले बताइन् । उनले भनिन ‘ तीन वर्षमा ६ चोटी भ्रमण गरिकेकी छु, तीन पल्ट यसै वर्षमा भ्रमणा गर्न पाएँ ।’ उनले हास्दै अघि भनिन्, ‘अस्ट्रेलियामा मेरो एउटा भाइ छन् तर नेपालमा मेरा थुप्रै भाइहरु छन् ।’

साउथ अस्ट्रेलियाको नेपाली समुदायसँग पनि जोडिने अवसर पाएकोमा एनकालाई धन्यबाद दिदै कट्रिनाले आफ्नो मन्तब्य सकेकी थिइन् ।

एनकाले यस वर्षदेखि खेलमा आफ्नो जीवन समर्पित गर्ने अस्ट्रेलिया र नेपाली खेलाडीलाई समेत सम्मान गर्ने घोषणा गर्दै अस्ट्रेलियाबाट कट्रिना वेब्ब र नेपालको तर्फ देखि रामराज जोशीलाई सम्मान गरेको थियो।

कार्यक्रममा क्लब एमबेस्डर तथा प्रिमियरका लागि सहायक मन्त्री जिंग लीले एनकाले प्रसंसनीय काम गरेको उल्लेख गर्दै महिला तथा बालबालिकाहरुलाई समेत कार्यक्रमहरु लक्षित गरेकोमा एनकालाई धन्यबाद दिएकी थिइन।

कार्यक्रममा क्लबका अध्यक्ष बिजय जोशीले क्लबलाई नया उच्चाइमा पुराउनको निम्ति नेपाली समुदाय, मिडिया, स्पोन्सर, अभिभावक खेलाडीहरु सबैको हात गरेको बताउँदै सबैलाई कृतज्ञता ब्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment