+
+
Shares

पोखराको न्यु रोडमा स्मार्ट सेलको स्मार्ट सेन्टर

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख १७ गते १९:३१

१७ वैशाख, काठमाडौं । ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदानगर्ने उद्देश्यसहित हालै फोरजी सेवा सुरु गरेको स्मार्ट टेलिकमले आफ्ना ग्राहकहरुलाई सेवा उपलब्ध गराउन पोखराको न्यु रोडस्थित अरविन्द कमप्लेक्समा आफ्नो आधिकारिक स्मार्ट सेन्टरको प्रारम्भ गरेको छ ।

यहीवैशाख १७ गतेबाट प्रारम्भ गरिएको स्मार्ट सेन्टरबाट उपभोक्तालाई प्रभावकारी सेवा उपलब्ध हुने तथा स्मार्टका उत्पादन तथा सेवाहरुको जानकारी सहजै प्राप्त हुने कुरा स्मार्ट टेलिकमले उल्लेख गरेको छ । सेन्टरबाट पोखरा तथा आसपासका ग्राहकहरुका सम्पूर्ण आवश्यकता एवं जिज्ञाशाहरुलाई सहजएवं सुलभ तरिकाबाट समाधान गरिने छ ।

स्मार्ट सेलको नयाँ सेन्टरको समुद्घाटन कम्पनी का सिसिओ (प्रमुख वाणिज्य अधिकृत)राजीव कुमारले गरे । ग्राहकहरुको लागि सुलभ एवं गुणस्तरीय सेवा प्रदान गर्ने यस सेन्टरको उद्देश्य रहेको कुरा वहाले समुद्घाटन कार्यक्रममा उल्लेख गरे ।

यस अघि स्मार्ट सेलले कुमारीपाटी, पुतली सडक तथा भक्तपुरमा पनि आफ्नो सेन्टरको स्थापना गरी सकेको छ भने आगामी दिनमा नेपालका अन्य प्रमुख सहरहरुमा पनि स्मार्ट सेन्टर स्थापना गर्ने जानकारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?