बर्षायाममा पाचन यन्त्र कमजोर हुन्छ । खाएको पच्दैन । पेट दुख्छ । फुल्छ ।
कमजोर पाचन तन्त्रको कारण खानेकुरा पचाउनमा मात्र समस्या हुने होइन, शरीरको प्रतिरोधी प्रणाली पनि गडबड हुन्छ । यसले गर्दा शरीरमा विषाक्त पदार्थ बढ्छ र शरीर अनियमित हुनपुग्छ । पाचन तन्त्रको गडबडी कसरी हटाउने त ?
जब हामी खाना खान्छौं, त्यसलाई पचाउनका लागि केही पाचक उत्पादन बन्छ । त्यसमध्ये एक हो स्टमक एसिड । कतिपय मानिसको लोअर इसोफैगियल स्पिmंक्टर ठिक तरिकाले बन्द हुँदैन, जसले पेटको एसिड बगेर भोजन नलीमा र्फकन्छ । यसले गर्दा छातीमा पीडा हुन्छ, जलन अनुभव हुन्छ । यसलाई जीआईआरडी भनिन्छ । हार्ट बर्न जीईआरडीको सबैभन्दा सामान्य लक्षण हो ।
यस्तो अवस्थामा छातीको हड्डीको पछाडि जलन हुन्छ र त्यो गलासम्म अनुभव हुन्छ । मुखको स्वाद टर्रो हुन्छ । कहिले काहिँ खाना खानसाथ यस्तो समस्या बढ्छ ।
किन हुन्छ ?
शारीरिक रुपले सक्रिय नहुनु, नियमित समयमा खाना नखानु, मोटोपन, गर्भावस्थामा यस्तो समस्या हुनसक्छ । साथै मसलेदार खानेकुरा, जुस, सस, अमिलो फल, लसुन, गोलभेडा आधि अधिक मात्रामा सेवन गर्दा पनि यो समस्या देखिन्छ । धुमपानको सेवन, तनावको अवस्था स्क्लेरोडर्माका साथ केही यस्तै औषधी एस्पि्रन, निन्द्राको औषधी, पेन किलर आदिको सेवनले पनि यस्तो समस्या निम्तन्छ ।
अब के गर्ने त ?
प्रतिदिन बिहान एक गिलास मनतातो पानी पिउने । खाना खाने समयको अन्तर लामो समय नराख्ने । राती सुत्नु दुई घण्टा अगाडि नै खाना खाने । सुपाच्य खानेकुरा सेवन गर्ने ।
के खाने ?
भिन्डी, गोभी, गाजर, लौका जस्ता सब्जी खाने । खानामा केरा र तरबुजा सामेल गरौं । तरबुजाको रस एसिडिटी कम गर्नमा उपयोगी हुन्छ । कागति, केरा, दही आदिले यसमा राहत दिन्छ ।
ग्याष्ट्रिकको समस्या
जसको पाचन यन्त्र अक्सर खराब हुन्छ र जसलाई कब्जियतले सताउँछ, उनीहरुलाई ग्याष्ट्रिकको समस्या अधिक हुनसक्छ ।
आरमपूर्वक जीवनशैली वा खानपानको गलत बानीले यो समस्या बढ्न सक्छ । यसका साथै उमेर बढ्दै जाँदा शरीरमा त्यस्ता इन्जाइमको स्तर कम हुनसक्छ, जो भोजन पचाउनमा मद्दत गर्छ । लामो समयसम्म एसिडिटी हुँदा अल्सरको खतरा हुन्छ ।
किन हुन्छ ?
वोसोयुक्त र प्रोटिनयुक्त खानेकुराको तुलनामा कार्बोहाइड्रेटयुक्त खानेकुराले बढी ग्यास बनाउँछ । कब्जियत हुँदा खाएको खानेकुरा लामो समय आन्द्रामा रहन्छ, त्यसले पनि एसिड इसोफैगसमा र्फकन्छ । तनाव पनि एसिडिटीको एक ठूलो कारण हो ।
कसरी बच्ने ?
शारीरिक रुपमा सक्रिय रहनुहोस् । नियमित रुपले व्यायाम गरौं । खानालाई बिस्तारै बिस्तारै चपाएर खानुहोस् । दिनमा तीन पटक खानुभन्दा केही घण्टाको अन्तरालमा थोरै-थोरै खाइरहनुहोस् ।
के खाने ?
मौसमी फल र सब्जी । यस्तो भोजन गरौं, जसमा अधिक फाइबर होस् । सन्तुलित र ताजा भोजन गरौं । रातीको खाना धेरै गरिष्ठ हुनुहुँदैन ।
घरेलु उपचार
लसुनको केही टुक्रा र अदुवाको टुक्रा खाली पेटमा खानुपर्छ । प्रतिदिन खानासँगै गोलभेडा पनि सेवन गरौं ।
खाना खानसाथ तुरुन्तै चिसो पानी पिउनु हुँदैन । जसलाई कब्जियत छ, उनीहरुले मनतातो पानी पिउनुपर्छ । सुकुमेलको पाउडरलाई एक गिलास पानीमा उमाल्ने । यसलाई खाना खानुअघि खानुपर्छ ।
कब्जियत
कब्जियत धेरै रोगको जड हो । कब्जियतले शरीरमा अन्य रोगहरु पनि पैदा गर्छ । ठूलो आन्द्राबाट मल निकाल्नमा कठिनाइ हुनु नै कब्जियत हुनु हो । यो समस्या जटिल बन्दै गएपछि ठूलो आन्द्रामा अवरोध पुर्याउँछ, जुन निकै घातक हुनसक्छ । कब्जियत एक लक्षण हो, जसको केही कारण हुनसक्छ । जस्तो खानपानको गलत बानी, हर्मोन सम्बन्धी गडबडी, कुनै औषधीको साइड इफेक्ट आदि । लगातार तीन महिनासम्म कब्जियतको अवस्था रहेमा त्यसलाई इरिटेबल बाउल सिन्ड्रोम भनिन्छ ।
किन हुन्छ ?
दिसा लागेर पनि नगर्नु, हर्मोनल गडबडी, थाइराइडको हर्मोन कम वा बढी हुनु, रगतमा क्याल्शियम बढ्नु, मासिक श्राव वा गर्भावस्थाको क्रममा एट्रोजन र प्रोजेस्ट्रानको स्तर बढ्नु । आन्द्राको मांसपेशी कमजोर हुनु ।
कसरी बच्ने ?
सर्वागासन, उत्तानपादासन, भुजंगासन जस्ता पाचन सम्बन्धी आसनले यस्तो विकार हटाउँछ । प्रतिदिन खानामा कागतिको रस सामेल गरौं । यसले कलेजो स्वस्थ रहन्छ । निश्चित समयमा खाने गरौं । तनावमुक्त रहौं ।
के खाने ?
पर्याप्त पानी पिउने । खानामा फाइबर अधिक मात्रामा लिने । प्रोबायोटिक भोजन जस्तै दही नियमित सेवन गर्ने । लसुन, केरा, अंगुर, मेवा खाने ।
घरेलु उपचार
२० वटा किसमिसलाई रातभरी भिजाउने । बिहान उठेर खाली पेट किसमिस चपाएर खाने । त्यो पानी पनि पिउने ।
पेट फुल्नु
पेट फुल्नुको केही कारण हुनसक्छ । ग्याष्ट्रिक, आन्द्राको क्यान्सर, हर्निया । धेरै वोसोयुक्त खानेकुरा सेवन गर्दा, लामो समय खाली पेट बस्दा पनि पेट फुल्न सक्छ । कहिले काहिँ गर्मी मौसम र शारीरिक निस्क्रियताले पनि पेट फुल्छ ।
कसरी बच्ने ?
पोषक भोजन सेवन गर्ने, जसमा चिनीको मात्रा कम होस् । पर्याप्त पानी पिउने । नुनको मात्रा क मगर्ने । खाना खानसाथ नसुत्ने ।
प्रतिक्रिया 4