+
+
Shares

फेसबुकमा पुराना डाटा हटाउन सकिने, डेटिङ सेवा पनि सुरु हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख २० गते ८:०२

काठमाडौं । आगामी दिनमा फेसबुकले आफ्ना प्रयोगकर्तालाई ब्राउजिङ हिस्ट्री डिलिट गर्ने सुविधा प्रदान गर्दैछ । फेसबुक संस्थापक मार्क जकरबर्गले मंगलबार यसको घोषणा गरेका छन् ।

क्यालिफोर्नियामा आयोजित फेसबुक कम्पनीको वार्षिक एफएट सम्मेलनलाई सम्बोधन गर्ने क्रममा जकरबर्गले यस्तो घोषणा गरेका हुन् । जकरबर्गका अनुसार फेसबुकको पुरानो हिस्ट्री डिलिट गर्ने टूलको नाम ‘क्लियर हिस्ट्री’ हुनेछ ।

उनले भनेका छन्, ‘यो निकै सजिलो कदम हुनेछ, जसका माध्यमबाट तपाईं आफ्नो ब्राउजिङ हिस्ट्री डिलिट गर्न सक्नुहुनेछ । तपाईंले कुन लिंक क्लिक गर्नुभयो, कुन वेबसाइट भिजिट गर्नुभयो भन्ने जस्ता जानकारीहरु तपाईंले क्लिएर हिस्ट्रीका माध्यमबाट हटाउन सक्नुहुनेछ ।’

धेरै प्रयोगकर्ताले यस्तो सुविधाका बारेमा कुरा गरिरहेको भन्दै जकरबर्गले भनेका छन्, ‘फेसबुकमा विज्ञापन तथा अन्य टूल्सका माध्यमबाट जुन वेबसाइट तथा एप्स तपाईंले हेर्नुहुन्छ, त्यसलाई आफ्नो इच्छाअनुसार डिलिट गर्न सक्नुहुनेछ । यदि तपाईं त्यसलाई सुरक्षित राख्न चाहनुहुन्छ भने क्लियर हिस्ट्रीलाई ‘टर्न अफ’ गरेर सुरक्षित पनि राख्न सक्नुहुन्छ ।’

पछिल्ला दिनहरुमा फेसबुकमाथि आफ्ना प्रयोगकर्ताका डाटा अन्य कम्पनीलाई बेचेको आरोप लागिरहेको छ । करोडौं प्रयोगकर्ताका निजी डाटाहरु राजनीतिक लाभका लागि क्याम्बि्रज एनालिटिका नामक कम्पनीलाई बेचेको आरोप उसमाथि लाग्दै आएको छ ।

जकरबर्गका अनुसार आगामी दिनमा यस्तो खाले गडबडी हुन नदिनका लागि फेसबुकले निकै सख्त कदम उठाउँदैछ ।

जकरबर्ग भन्छन्, ‘सबैभन्दा पहिले जस्तो की डेभलपर्सहरुलाई फेसबुक प्रयोगकर्ताका डाटा माग गर्नमा रोक लगाइएको छ र दोश्रो डाटा सुरक्षाका लागि खतराको रुपमा रहेका विषयहरुको खोजी गरिँदैछ ।’

उनका अनुसार सन् २०१४ ताका फेसबुक प्रयोगकर्ताका धेरै जानकारीहरु प्राप्त गरेका ती एपहरुको जाँच भैरहेको छ । यदि त्यसमा कुनै आशंका उत्पन्न भएमा त्यसको स्वतन्त्र जाँच गराइनेछ । यदि फेसबुक प्रयोगकर्ताको डाटाको गलत प्रयोग भएको पाइएमा एप डेभलपरलाई प्रतिबन्ध लगाइनेछ ।

फेसबुकमा डेटिङ पनि

जकरबर्गले योसँगै फेसबुकका केही नयाँ सेवाहरुको बारेमा पनि घोषणा गरेका छन् । उनकाअनुसार अब फेसबुकले छिटै नै डेटिङ सर्भिस सुरु गर्दैछ । यस सर्भिसको माध्यमबाट फेसबुक प्रयोगकर्ताले आफ्ना लागि उत्कृष्ट डेटिङ पार्टनरको खोजी गर्न सक्नेछन् ।

जकरबर्गका अनुसार फेसबुकमा झण्डै २ करोड मानिसले आफ्नो स्टाटस एकल अर्थात् सिंगल उल्लेख गरेका छन् । त्यसैले त्यस्ता एकल मानिसका लागि फेसबुकको उक्त डेटिङ सेवा उपयुक्त मौका हुने उनी बताउँछन् ।

साथै इन्स्टाग्राममा भिडियो च्याट तथा नयाँ फिचर्ससमेत थप गर्न लागिएको जानकारी जकरबर्गले गराएका छन् ।

-बीबीसी हिन्दीबाट

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?