Comments Add Comment

विश्वमा १० मध्ये ९ जनाले प्रदूषित सास लिने गर्छन्

 

विश्वमा प्रत्येक १० मध्ये ९ जनाले प्रदूषणयुक्त हावामा सास फेर्ने गरेको विश्व स्वास्थ्य संगठनको नयाँ अध्ययनले जनाएको छ । त्यसैगरी विश्वमा प्रत्येक वर्ष ७० लाख मानिसको मृत्यु हुने मुटु सम्बन्धी रोग, स्ट्रोक, फोक्सोको क्यान्सर, न्युमोनियाजस्ता रोग पनि श्वासप्रश्वास सम्बन्धी समस्याकै कारण हुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

‘वायु प्रदूषणको मारमा हामी सबै छौँ । त्यसमा पनि गरिब तथा अल्पसंख्यक मानिसहरू  यसको प्रमुख चपेटामा छन्,’ विश्व स्वास्थ्य संगठनका डाइरेक्टर जनरल डा. टेड्रोस एडानोमले भने ।

प्रदूषित स्टोभ तथा फ्युलको प्रयोगद्वारा तीन अर्ब मानिस त्यसमा पनि विशेष गरी महिला तथा बालबालिका यसको चपेटामा पर्नु कुनै पनि हालतमा स्वीकार्य नभएको उनले बताए । भने, ‘वायु प्रदूषणसित सम्बन्धित तत्काल आवश्यक कदम नचालेको खण्डमा दिगो विकास लक्ष्य हासिल गर्न कठिन छ ।’

विश्व स्वास्थ्य संगठनका अनुसार धूलाका कण फोक्सो नली हुँदै शरीरका विभिन्न भागमा पुगेमा यसले मुटुरोग, स्ट्रोक, फोक्सोको क्यान्सर, न्युमोनियाजस्ता श्वासप्रश्वास सम्बन्धी रोग निम्त्याउने गर्छ ।

वरिपरिको परिवेशका कारण सन् २०१६ मा ४२ लाख मानिसको मृत्यु भएकोमा खाना पकाउने चुल्हो, फ्युल लगायत घरभित्रबाट निस्कने प्रदूषणका कारण करिब ३८ लाख मानिसको मृत्यु भएको थियो ।

विश्व स्वास्थ्य संगठनका अनुसार पूर्वी भूमध्य क्षेत्र, युरोप, अमेरिका लगायत निम्नमध्य तथा मध्य आयस्तर भएका देशको तुलनामा एसिया, अपि|mकाजस्ता न्यून तथा मध्यम आयस्तर भएका देशहरूमा ९० प्रतिशत मानिसको मृत्यु वायु प्रदूषण सम्बन्धी रोगका कारण हुने गर्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार वायु प्रदूषण नसर्ने रोगको प्रमुख कारक हो । नसर्ने रोगकै कारण विश्वमा  २४ प्रतिशत मानिसको मृत्यु मुटु सम्बन्धी रोगका कारण हुने गर्छ भने स्ट्रोकका कारण २५ प्रतिशतको मृत्यु हुने गर्दछ । त्यस्तै श्वासप्रश्वास सम्बन्धी रोगका कारण ४३ प्रतिशत तथा  २३ प्रतिशतको फोक्सोको क्यान्सरबाट मृत्यु हुने गर्दछ ।

विश्व स्वास्थ्य संगठनले हावामा पाइने पी एम २.५ भन्दा कमको धुलोलाई सूक्ष्म कणको संज्ञा दिदै आएको छ । पीएम २.५ भन्दा कमका सूक्ष्म कणहरूमा सल्फेट, नाइट्रेट, कालो कार्बनजस्ता  प्रदूषकहरू पर्दछन् ।  जसले मानव स्वास्थ्यमा गम्भीर समस्या निम्त्याउने गर्छ ।

वायु प्रदुषण कम गर्नकै लमगि विश्व स्वास्थ्य संगठनले पीएम १० को स्तर २०एमजी प्रति एम थ्री र पीएम २.५ को स्तर १० एमजी प्रति एमथ्री  कायम गर्न आव्हान समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment