+
+
Shares

आइन्दा हड्ताल नगर्ने कागज गरेर छुटे रुपन्देहीका यातायात व्यवसायी

टोपराज शर्मा टोपराज शर्मा
२०७५ वैशाख २२ गते १९:४५


२२ बैशाख, रुपन्देही । रुपन्देहीबाट पक्राउ परेका यातायात व्यवसायी समितिका पदाधिकारीसहित १२ जना आइन्दा हड्ताल नगर्ने कागज गरेर छुटेका छन् । सिन्डिकेट खारेजीको विरोधमा यातायात हड्ताल गरेर आन्दोलनमा उत्रिएपछि उनीहरु शुक्रबार बुटवल र भैरहवाबाट पक्राउ परेका थिए ।

‘आइन्दा राज्यका कानुन उल्लंघन हुने गरी अत्यावश्यकीय सेवा अन्तर्गतको यातायात हड्ताल नगर्ने कागजमा हस्ताक्षर गरे पछि छोडियो’, इलाका प्रहरी कार्यालय बुटवलमा पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी प्रहरी प्रमुख श्याम ज्ञवालीले भने ।

बुटवलबाट ४ जना र भैरहवाबाट ८ जना यातायात व्यवसायी समितिका पदाधिकारी र कर्मचारी रिहा भएका हुन् ।

प्रहरीले पश्चिम नेपाल बस व्यवसायी समितिका उपाध्यक्ष जीवन बन्जाडे, महासचिव पदम गाहा, सहसचिव चेतनारायण बेल्बासे र बुटवल यातायातका उपाध्यक्ष अशोककुमार श्रेष्ठलाई पक्राउ गरेर हिरासतमा राखिएको थियो ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?