+
+
Shares

मोदीको भ्रमण तयारी बुझ्न जनकपुर पुगे परराष्ट्रमन्त्री ज्ञवाली

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख २४ गते १२:३१

२४ वैशाख, जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न भ्रमण तयारीबारे बुझ्न परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली जनकपुर आएका छन् ।

ज्ञवाली सोमबार विहान जनकपुर पुगेका हुन् । उनले मुख्यमन्त्री लालबाबु राउतसहितको बैठक राखेर भ्रमण तयारीबारे जानकारी लिएका छन् । जनकपुर उपमहानगरले गरिरहेको तयारी सन्तोषजनक पाइएको मन्त्री ज्ञवालीले बताए ।

उनका अनुसार जनकी मन्दिरमा पूजापाठ र नागरिक अभिनन्दन मुख्य कार्यक्रम छ । विगतमा भएका सहमतिहरुको कार्यान्वयन लगायतको समिक्षा र दुई प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलन काठमाडौंमा नै हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?