+
+

८० लाखमा ७ केजी सुन दिने भन्दै ठग्ने दुई जना समातिए

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख २८ गते ११:४७

२८ वैशाख, काठमाडौं । प्रहरीले सुन जस्तो देखिने ७ केजी धातु देखाएर ८० लाख रुपैयाँमा विक्री गर्न खोज्ने दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछापको दुरागाउँ–८ घर भइ हाल ललितपुरको हात्तिवन बस्दै आएका ३५ वर्षीय दिपेन्द्र बराइली र सिन्धुपाल्चोकको फुलपिङ–३ घर भइ हाल ललितपुर बस्दै आएका २७ वर्षीय रमेश बैजु छन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको प्रहरी टोलीले उनीहरुलाई ललितपुर महानगरपालिका–२८, हरिसिद्धीस्थित विकेएम खाजा घरबाट सुन जस्तो देखिन ७ थान विस्कुटसहित उनीहरुलाई पक्राउ गरेको महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले बताए ।

थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?