+
+
Shares

मुख्यमन्त्रीले मोदीसामू संविधानको विरोध गरेकोमा प्रधानमन्त्री असन्तुष्ट

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख ३० गते ११:३०
आइतबारको संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली । तस्वीर: चन्द्र आले/अनलाइनखबर

३० वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दनका क्रममा प्रदेश २ का मुख्यमन्त्रीले दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन् ।

मोदीको भ्रमणबारे आइतबार संसदलाई जानकारी दिँदै उनले मुख्यमन्त्रीको नाम नलिई नागरिक अभिनन्दनका क्रममा अभिव्यक्त भएका कतिपय कुरा राष्ट्रिय मर्यादा, कूटनीतिक मर्यादाको कसीमा कमजोर र अनुपयुक्त भएको बताए ।

उनले यो नेपाल सरकारको नीति अनुसार नभएको बताए ।

जनकपुरधाममा शुक्रबार आयोजित मोदीको अभिनन्दन समारोहमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेपालको संविधान विभेदकारी भएको अभिव्यक्ति दिएका थिए । उनले विभेदकारी संविधान र प्रादेशिक अधिकारका लागि आफूहरुको संघर्ष जारी रहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?