३१ वैशाख, काठमाडौं । काठमाडौं प्रहरी परिसरले ७ सय ग्राम लागूऔषध चरेशसहित ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कालिकोटको दाहा गाविस–४ घर भइ काठमाडौंको सानोभर्याङ बस्दै आएका ३१ वर्षीय विरजित शाही, २२ वर्षीय लगिन्द्र बम, १९ वर्षीय रञ्जित बिक र २५ वर्षीय पटकबहादुर बम छन् ।
उनीहरुलाई काठमाडौं–२७, ज्याठा चोकबाट ७ सय ग्राम चरेशसहित पक्राउ गरिएको हो । प्रारम्भिक अनुसन्धानमा उनीहरुले विक्री विरतणका लागि चरेश ओसारपसार गरेको खुलेको परिसरका डिएसपी मोहन थापाले बताए ।
पक्राउ परेकाहरुमाथि जिल्ला अदालत, काठमाडौंबाट म्याद थप गरेर प्रहरी वृत्त, दरबारमार्गबाट विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4