Comments Add Comment

सहकार्यबाट मात्रै समृद्धि हुन्छः मुख्यमन्त्री पौडेल

१ जेठ, हेटाैंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले समृद्धि र बिकासको दिशामा सबै एक भएर अघि बढ्नुपर्ने बताएका छन् ।

अहिलेको दुई महिनामा प्रदेश सरकारले काम गर्न नसकेको भन्दै आगामीण् वर्षबाट पूर्व तयारीका साथ काम गर्ने बताए ।

केन्द्र प्रदेश र स्थानीय सरकारको समन्वयमा प्रदेशको बिकासको कामले गति लिने बताएका मुख्यमन्त्री पौडेलले एकले अर्कालाई बुझ्न नसके समस्या आउँने बताए ।

तीन तहको सरकार र सबैको सहयोगमा प्रदेशलाई समृद्ध बनाउँने अभियानमा सरकार लाग्ने बताएका पौलेलले स्थानीय सरकारका वडाध्यक्ष तथा उपमेयर र उपाध्यक्षहरुले अधिकार पाइन भनेर हिड्न नपर्ने अवस्था रहेको बताए ।

स्थानीय तहका उपप्रमुखहरुलाई न्यायिक क्षेत्र, योजना निर्माण तथा अनुगमन जस्ता थुपै्र अधिकारहरु दिएकोले अधिकार कम प्राप्त भयो भनेर आवाज उठाउनुको कुनै अर्थ नभएकोेे जिकिर गरे ।

स्थानीय तहको अधिकारको तुलनामा अहिलेसम्म प्रदेश सरकारले कुनै अधिकार नपाएको मुख्यमन्त्री पौडेलले बताए ।

प्रदेश सरकारमा कानुन नबनेकोले कस्को कति अधिकार भन्ने कुरा स्पष्ट नरहेको उनको भनाई थियो । मुख्यमन्त्री पौडेलले केन्द्र सरकार अझैपनि प्रदेश सरकारलाई अधिकार दिने विषयमा सकारात्मक नभएको बताए ।

जिल्ला समन्वय समिति मकवानपुरको प्रथम जिल्ला सभा तथा समीक्षा बैठकमा बोल्दै मुख्यमन्त्री पौडेलले भने,’केन्द्र सरकार अझैपनि अधिकारजति सबै माथिनै राख्न पाए हुन्थ्यो भन्नेमा छ, हामी के गर्ने भन्ने विषयमा अझै अन्योलमै छौ ।’

केन्द्रमा नीति निर्माण भएपछि मात्र आफूहरुले पनि विभिन्न नियम, विधेयकहरु निर्माण गर्न सक्ने भएकोले पनि प्रदेश सरकारले अहिलेनै केहि गरिहाल्ने भन्ने कुरामा आफूहरु दुविधामा रहेको उनले बताए ।

मुख्यमन्त्री पौडेलले मकवानपुरको गौरवको योजना भनेको सुरुङमार्ग मात्रै रहेको बताउँदै आफ्नो पालामा सुरुङमार्गलाई पूर्णता दिने बताए ।

प्रदेशसभाले ल्याउने बजेटमा मकवानपुरको तर्फबाट कुलेखानी-काठमाण्डौँ सुरुङमार्ग उच्च प्राथमिकतामा रहेको भन्दै मुख्यमन्त्री पौडेलले सरकारले अव एकिकृत बस्ती निर्माणको लागि समेत पहल सुरु गर्ने बताए ।

प्रदेश सरकारले अब आगामी दिनमा वर्षमा एउटा गाउँपालिकालाई राम्रो काम गरे वापत पुरस्कार सोरुप राम्रो रकम उपलब्ध गराउने मुख्यमन्त्री पौडेलले बताए ।

जिससले गर्‍यो २ अर्ब २ करोड खर्च

प्रथम जिल्ला सभामा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले वाषिर्क प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिवेदन अनुसार चालु आर्थिक वर्षमा ०७४/७५ मा नेपाल सरकारबाट विभिन्न ८ वटा शिर्षकहरुमा चालु खर्च तर्फ ७९ करोड २८ लाख २ हजार ३ सय २२ र पुँजीगत तर्फ २ अर्ब ५८ करोड २४ लाख ६० हजार ६ सय ६७ समेत कुल २ अर्ब ६६ करोड १७ लाख ४२ हजार ९९० अख्तियारी प्राप्त भएकोमा चालु तर्फ ३ करोड १४ लाख ९४ हजार ३४० र पुँजीगत तर्फ १ अर्ब ९९ करोड ६६ लाख १३ हजार ४६३ रुपैया समेत गरि जम्मा २ अर्ब २ करोड ८१ लख ७ हजार ८ सय ३ रुपैया खर्च गरिएको प्रतिवेदनमा उल्लेख छ ।

जिससले स्थानिय स्तरका सडक पुल कार्यक्रम, झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम, भारतिय राजदुतावास अनुदान सहयोग कार्यक्रम,राष्ट्रिय ग्रामिण यातायात सुदृढिकरण कार्यक्रम, ग्रामिण सामुदायिक पुर्वाधार विकास कार्यक्रम, भुकम्पीय आवास परियोजना बेरुजु सम्बन्धका कार्यक्रमहरु गरेको प्रतिवेदनमा उल्लेख छ । सभामा मकवानपुर जिल्लाका भएका हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र ८ वटा गाउँपालिकाले प्रतिवेदन प्रस्तुत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment