१ जेठ, रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले माओवादी केन्द्रका प्रदेशसभा सदस्य कुन्दनप्रसाद कुशवाहको नाममा पक्राउ पूर्जी जारी गरेको छ ।
कुशवाह रौतहटको क्षेत्र नम्बर ३ ‘ख’ को प्रदेशसभा सदस्यमा विजयी भएका थिए । विना इजाजत बन पैदावार ओसारपसार गरेको मुद्दामा तत्कालीन पुनरावेदन अदालत हेटौंडाले उनलाई एक वर्ष कैद सजाय सुनाएको थियो ।
२०६९ असोज २ गते ट्रकमा चिरान काठ बरामद भएको थियो, जसका चालक ईन्द्रबहकादुर मानन्धरले बयानमा काठ टहरियास्थित न्यू एभरेष्ट स मिलका कुन्दनप्रसाद कुशवाहको भएको बताएपछि उनीविरुद्ध समेत मुद्दा दायर भएको थियो ।
जिल्ला वन कार्यालयले चालकलाई दोषी ठहर गरी कुशवाहलाई सफाइ दियो ।
तर, तत्कालिन पुनरावेदन अदालत हेटौंडाले २५ साउन २०७२ मा कुशवाहलाई दोषी ठहर गर्दै एक वर्ष कैद सजाय सुनायो । यो फैसलाविरुद्ध कुन्दनले केही दिन अघि मात्र सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दिएका छन् ।
पुनरावेदनमा गइसकेको अवस्थामा पक्राउ पूर्जी जारी हुनु दुखद भएको कुशवाहले बताएका छन् ।
प्रतिक्रिया 4