Comments Add Comment

मिरुनाको गुनासो–‘मलाई सोध्न जरुरी ठानिएन’


नायिका मिरुना मगरले पहिलो चलचित्र ‘लालपूर्जा’मा काम गरिन् । यो चलचित्र बक्स अफिसमा नराम्रोसँग चिप्लियो । यसैले पनि मिरुना नोटिस भइनन् । दोश्रो चलचित्र ‘लाउरे’मा उनले काम गरिसकेकी छिन् । तर, कहिले चल्छ अत्तोपत्तो छैन । यसैले पनि मिरुनालाई दर्शकले अझै चिन्न सकेका छैनन् ।

अब, भने उनी चलचित्र ‘रोजी’मा काम गर्न तयार भएकी छिन् । हुनत, यो चलचित्रको निर्माण हुने भनेर खबर आएसँगै मिरुनाको बिषयमा विभिन्न गसिप सार्वजनिक भएका थिए । सुरुवातमा मिरुना यो चलचित्रमा मुख्य भूमिकामा रहेको खबर आयो । यसपछि, फेरि नायक प्रदिप खड्काले मिरुना चलचित्रमा भए आफूले कामै नगर्ने बताएको खबर आयो ।

यसपछि, चलचित्रमा मिरुना बाहिरिएर परमिता आर एल राणा भित्रिएको खबर सार्वजनिक भयो । तर, चलचित्रको शुभसाइत समारोहमा मिरुनाले पत्रकारसँग यो बिषयमा गुनासो गरिन् । उनले भनिन्–‘म सुरुवातदेखि नै यो चलचित्रमा थिएँ । तर, कहिले भित्रियो त कहिले निस्किएको भनेर खबर आयो । तर, कसैले पनि मिलाई सोध्ने जरुरी नै ठान्नुभएन ।’

मिरुनाले आफू यो चलचित्रमा दर्शकका लागि सरप्राइज हुने समेत बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment