Comments Add Comment

ग्रीन टी कसरी कसरी बनाउने ? कसरी पिउने ?


ग्रीन टी हरियो रंगको देखिने र तातो पेय मात्रै होइन । ग्रीन टीको प्रत्येक कप एन्टिअक्सिडेन्टले भरिपूर्ण हुन्छ जसले मुटुसम्बन्धी रोग लाग्न दिँदैन, मस्तिष्कको कार्यसम्पादनमा सुधार ल्याउँछ र क्यान्सर हुने सम्भावना कम गराउँछ ।

ग्रीन टीको सबैखाले फाइदालाई राम्रोसँग प्राप्त गर्नको ग्रीन टी बनाउने उपयुक्त तरिकाको बारेमा जानकार हुनुपर्छ ।

ग्रीन टी कसरी पिउने ?

कपलाई दाहिने हातले समाउनुहोस् र बाँया हातले त्यसलाई तलबाट सपोर्ट गर्नुहोस्

जापानी भाषामा ‘युनोमी’ भनिने ग्रीन टी पिउने कपलाई दुवै हातले समाउनु पर्छ । दुवै हातले समाएर खानु जापानमा सबैभन्दा राम्रो शिष्टाचार मानिन्छ ।

चिया पिउँदा आवाज नआउने गरी बिस्तारै पिउनुहोस्

तातो चियालाई फुक्दै वा ठूलो आवाज आउने गरी नपिउनुहोस् । त्यसको सट्टामा त्यसलाई एकछिन सेलाउन टेबलमा राख्न सक्नुहुन्छ ।

आफ्नो रुचि र स्वादअनुसार चियाको मज्जा लिनुहोस्

मुख्यगरी चिया तपाईंलाई स्वादिलो र आनन्द लाग्ने हुनपर्छ । तपाईंले अलि तीतो वा केही गुलियो वा मन्द खालको स्वादको लिन सक्नुहुन्छ । तपाईले आफ्नै रुचिअनुसारको स्वादमा ग्रीन टी पिउन सक्नुहुन्छ ।

कस्तो खाजासँग ग्रीन टी पिउने

ग्रीन टीलाई मन्द स्वाद भएको खाजासँग मात्रै खानुहोस्, यस्तो खाजाले चियाको स्वाद बिगार्दैन । तपाईको खाजामा प्लेन बटर कुकिज, प्लेन पाउन्ड केक वा साना राइसक्रेकर हुनसक्छ ।

नुनिलोभन्दा गुलियो खाजा लिनुहोस्

ग्रीन टी गुलियो खाजासँग राम्रो सुहाउँछ । ग्रीन टी खानेकुराभन्दा धेरै तितो हुने भएकाले यसले खाजाको गुलियोपनलाई पनि कम गर्छ ।

ग्रीन टी बनाउने र सर्भ तरिका

राम्रोसँग ग्रीन टी बनाउनुहोस्  । पानी उमालेर त्यसलाई एकछिन ३०-६० सेकेण्डसम्म त्यत्तिकै राखिदिनुहोस् जसले यसलाई अलि चिसो बनाउँछ । तपाईले चिया बनाउनको लागि प्रयोग गर्ने पानीको गुणस्तर र पानीको तापक्रमले ग्रीन टीको स्वादलाई फरक पार्छ ।

सेरामिक्सको टी-पट तातोपानीले पखाल्नुहोस्

यसलाई पट न्यानो बनाएको पनि भनिन्छ र यसले चियालाई भाँडो आफैंले चिसो बनाउन दिँदैन ।

ग्रीन टी पटमा राख्नुहोस्

चियाका पातहरू अलि खुकुलो बनाउनुहोस् जसले चियाको स्वाद उच्च कोटीको बनाउँछ । एक कप चिया बनाउनको लागि एक चम्चा (३ ग्राम) चिया राख्न सबैभन्दा उत्तम हुन्छ । धेरै जनाको लागि चिया बनाउँदै हुनुहुन्छ भने पनि त्यहीअनुसार चिया बनाउनुहोस् ।

ग्रीन टीमा तातोपानी राखेर एकछिन भिज्न दिनुहोस्

पानीमा भिजाउने समय तपाईंले प्रयोग गर्नुभएको ग्रीन टीको प्रकारमा भर पर्छ । सामान्यतया ग्रीन टीलाई १-३ मिनेटसम्म भिजाउनुपर्छ । एकपटक भिजाइसकेपछि चियाको पातलाई निकाल्नुहोस् ।

ग्रीन टी धेरैबेर पानीमा भिजाउनुभयो भने धेरै तीतो हुन्छ । चियाको स्वाद मन्द लाग्यो भने धेरै चियाको पात प्रयोग गर्न सक्नुहुन्छ वा एक मिनेट बढी भिजाउन सक्नुहुन्छ ।

सेरामिक कपको सेटमा चिया राख्नुहोस्


परम्परागत रूपमा जापानी ग्रीन टी  भित्री भाग सेतो भएको सानो सेरामिक कपमा सर्भ गरिन्छ । जसमा सजिलै चियाको रंग देख्न सकिन्छ । सेरामिक बाहेकको अन्य कपले चियाको स्वादलाई असर गर्नसक्छ । जति सानो कप भयो चिया उति राम्रो गुणस्तरको हुन्छ ।

चियालाई कपमा भर्दा तीनपटकमा भर्नुहोस्

कपमा भर्दा पहिले भरेको चिया अन्तिमभन्दा कमजोर हुन्छ त्यसैले चियाको स्वाद सबै कपमा बराबर बाँडियोस् भन्नका लागि प्रत्येक कपलाई एक तिहाइको दरले भर्दै जानुहोस् । पहिलो राउन्डमा सबै कप एक तिहाइ भरेपछि दोस्रो राउन्डमा दुई तिहाइ भर्नुहोस् र अन्तिममा सबै भर्नुुहोस् । यसलाई ‘साइकल पोरिङ’ पनि भनिन्छ ।

कपमा कसैलाई पनि भरी चिया नदिनुहोस् । सामान्यतः कप ७० प्रतिशत भरिएको राम्रो मानिन्छ ।

चियामा चिनी, दूध वा अरू चीज नथप्नुहोस्

ग्रीन टी धेरै नै कडा स्वादको हुन्छ र यसलाई राम्रोसँग बनाएमा स्वाद आफैं राम्रो हुन्छ । सधैं गुलियो र फ्लेबर भएको चिया पिउनुहुन्छ भने सुरुमा तपाइर्ंलाई ग्रीन टी को कच्चा स्वाद मन पर्दैन होला । दुई चार कप पिएपछि तपाईंलाई बानी पर्छ ।

ग्रीन टीको पात फेरि प्रयोग गर्नुहोस्

ग्रीन टी को पातबाट तीनपटकसम्म चिया बनाउन सक्नुहुन्छ । पुनः प्रयोग गर्दा पटमा चियाको पात राखेर तातोपानी राख्नुहोस् र ग्रीन टीलाई पहिले जस्तै गरेर तीन मिनेटसम्म भिजाउनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment