Comments Add Comment

प्राध्यापक राजीव झा नागरिक दूत नियुक्त

४ जेठ, काठमाडौं । चीनको सान्सी प्रान्तले नेपाली प्राध्यापक डा.राजीवकुमार झालाई नेपालका लागि ‘नागरिक दूत’ –(Civil Ambassador to Nepal) नियुक्त गरेेको छ ।

नेपालको आर्थिक, सामाजिक, साँस्कृतिकलगायतका क्षेत्रमा सहकार्य र सम्बन्ध विकास गरी चीन नेपाल सम्बन्धलाई थप सुदृढ बनाउन सियान सहरको सियान मेडिकल विश्वविद्यालयमा प्राध्यापनरत झालाई सियान प्रान्तीय सरकारको विदेशमामिला सम्बन्धी कार्यालयमार्फत मे १६ मा नियुक्ति दिइएको हो ।

चीनको प्रान्तीय सरकारले त्यहाँ लामो समय बसेर विभिन्न क्षेत्रमा विशिष्ठता हासिल गरेका र अन्य देशसँगको सम्बन्ध विकासमा उल्लेखनीय योगदान पुर्‍याउने विदेशी नागरिकलाई यस्तो ‘नागरिक दूत’ का रुपमा नियुक्त गर्ने गर्दछ ।
झाले उक्त पदमा नियुक्त भएसँगै आफूले सान्सी प्रान्तको सियान नगरपालिका र नेपालको बुटवल

उपमहानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापनाका लागि गरेको प्रास्ताव उक्त प्रान्तको सरकारले स्वीकृत गरेको जानकारी दिए ।

यस सम्बन्धपछि सियानस्थित ‘सियान युनिभर्सिटी अफ आर्ट एण्ड साइन्स’ ले बुटवल उपमहानगरपालिकाभित्र पर्ने कुनै विश्वविद्यालयसँग मिलेर ‘कन्ˆयूसियस इन्स्टिच्युट’ स्थापना गर्ने र यसमार्फत दुई नगरबीच शिक्षाको क्षेत्रमा सहकार्य र सहयोगको योजना बनाइएको पनि प्रा.डा. झाले बताए ।

यसका लागि सियान नगरपालिका र उक्त विश्वविद्यालयको उच्चस्तरीय प्रतिनिधिमण्डल बुटवलको भ्रमणमा जान लागेेको जानकारी पनि उनले दिए ।

यसअघि गतवर्ष मात्र उनलाई सियान प्रान्तले नै चिनियाँ एक बृहत आयोजना ‘वान वेल्ट वान रोड’ सम्बन्धी नेपालमा सञ्चालन गरिने सम्पूर्ण कार्यक्रम हेर्ने दूतका रुपमा नियुक्त गरेको थियो ।

चिनियाँ राष्ट्रपति सि चिनफिङको गृह नगरसमेत रहेको सियान चीनको पुरानो ‘सिल्क रोड’ अवधारणाको उत्पत्ति भएको सहर पनि हो । पुरानो ‘सिल्क रोड’ अवधारणा नै चीनको वर्तमान वान वेल्ट वान रोड बृहत आयोजनाको आधुनिक रुप हो ।

पित्तथैलीको क्यान्सर रोगको प्रकोप कमगर्ने विषयमा चिनियाँ विश्वविद्यालबाट विद्यावारिधी र त्यसपछि विद्या बाचस्पति (पोस्ट डक) पूरा गरी चिनियाँ विश्वविद्यालयमा प्राध्यापनरत डा.झाको नाममा सियान प्रान्तीय सरकारले चारवर्ष अघि ‘चाइना नेपाल फ्रन्डसिप मेडिकल रिसर्च सेन्टर अफ प्रोफेसर राजिव कुमार झा’ स्थापना गरेको छ ।

सियान मेडिकल युनिभर्सिटीमा स्थापना गरिएको सो केन्द्रमा हाल क्यान्सर रोगसम्बन्धी अध्ययन, अनुसन्धानका साथै यससम्बन्धी दुई देशबीको चिकित्सकीय अनुभव आदान प्रदान हुने गर्छ । प्रा.डा.झा हाल चीनका विभिन्न विश्वविद्यालयमा भिजिटिङ प्राध्यापक छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment