६ जेठ, काठमाडौं । नेपाली खेलाडी सन्दिप लामिछानेले आइतबार इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सविरुद्धको खेलमा ३ विकेट लिएका छन् ।
दिल्ली डेयर डेभिल्सबाट ४ ओभर बलिङ गरेका उनले ३६ रन खर्चिएर ३ विकेट लिए ।
१७५ रनको लक्ष्य पछ्याएको मुम्बईविरुद्ध पहिलो ओभरमा नै बलिङ गर्न आएका उनले सूर्यकुमार यादवलाई आउट गरेका थिए ।
१० औं ओभरमा आफ्नो व्यक्तिगत दोस्रो ओभर बलिङमा आएका उनले पहिलो बलमा किरोन पोलार्ड र तेस्रो बलमा क्रुनाल पाण्डेयलाई आउट गरेका हुन् ।
यसअघि लामो समय बेन्चमै रहेका सन्दिपलाई दिल्लीले ३ वटा खेलमा अवसर दिएको थियो । उनले पहिलो र दोस्रो खेलमा १/१ विकेट लिएका थिए ।
आइतबार सन्दिप लामिछाने चम्किएको खेलमा दिल्लीले मुम्बई इण्डियन्सलाई ११ रनले हराएको छ । यो हारसँगै मुम्बई प्ले अफमा पुग्न असफल रहृयो ।
दिल्ली र मुम्बईबीचको प्रतिस्पर्धामा सन्दिपको खेलको तस्वीरहरु हेर्नुस्
प्रतिक्रिया 4