+
+
Shares

बसपार्कबाट फिल्मी शैलीमा १ लाख ४७ हजार लुटियो

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ ७ गते १३:३४

७ जेठ, काठमाडौं । काठमाडौंको नयाँ बसपार्कमा फिल्मी शैलीमा एक व्यक्तिको १ लाख ४७ हजार रुपैयाँ लुटपाट भएको छ ।

पाँचथरको बामिडाँडा घर भइ नयाँ बसपार्क बस्दै आएका २३ वर्षीय मेगेन्द्र दुलालको रकम लुटपाट भएको हो ।

दुलालका अनुसार उनी नयाँ बसपार्कबाट माइक्रो चढेर जमलस्थित राष्ट्रिय नाँचघर अगाडि झर्ने क्रममा अपरिचित व्यक्तिले श्रीमतिको शल्यक्रिया गर्नु पर्ने भएको भन्दै सहयोग मागेका थिए । र, खल्तीमा रहेको नगदबाट एक हजार रुपैयाँ दिन खोज्दा ती व्यक्तिले सबै रकम लुटेर भागेका थिए ।

लुटपाटमा संलग्नको खोजी कार्य जारी रहेको महानगरीय प्रहरी प्रभाग, बसपार्कले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?