Comments Add Comment

वीरगञ्जको अलौंवासीले घेरे जिल्ला प्रहरी कार्यालय, रिंकीको हत्या भएको दाबी

७ जेठ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१७, अलौंका बासिन्दाले सोमबार जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन् । उनीहरुले जिल्ला प्रहरी कार्यालय अगाडी मुख्य सडकमा टायर बालेर प्रदर्शन गर्नुको साथै केहिवेर चक्काजाम समेत गरे ।

पर्सागढी–४, हर्दासपुरमा २३ वर्षीय युवती रिंकी देवीले आत्माहत्या गरेको नभइ हत्या गरिएको भन्दै घटनामा संलग्नलाई प्रहरीले कारबाही नगरी छोडेको आरोप लगाउँदै माइती पक्ष अलौंबासीले प्रदर्शन गरेका हुन् ।

उनीहरुले बिहान ११ बजे जिल्ला प्रहरी कार्यालय अगाडी मुख्य सडकमा टायर बालेर प्रदर्शन गर्नुको साथै चक्काजाम समेत गरेका थिए ।

घटना विवरण अनुसार पर्सागढी नगरपालिका वडा नं ४ का धुपेन्द्र प्रसाद पटेलको श्रीमति रिंकी गत आइतबार आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी थिइन् ।

उनले झुण्डिएर आत्महत्या गरेको खबर प्रहरी र युवती पक्षलाई दिइएको थियो । र, रिंकीको शव परीक्षणका लागि आइतबार नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा ल्याइएको थियो ।

रिंकीको तीन महिना र दुई वर्षको छोरी छन् । आमाको मृत्युपछि उनीहरुको विचल्ली भएको छ । प्रहरीले रिंकीको ससुरा प्रेम पटेल र धुपेन्द्रप्रसाद पटेललाई नियन्त्रणमा लिएर कारबाही गर्नुपर्ने माग युवती पक्षले राखेका छन् ।

प्रहरीका अनुसार आइतबार मध्यान्नतिर आत्हत्या गरेको खबर आएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो । गलाको पासो काटिएको अवस्थामा प्रहरीले शव देखेपछि आवश्यक प्रक्रिया अगाडी बढाएको प्रहरीको भनाइ छ ।

प्रहरी भने हत्या या आत्महत्या हो भन्ने विषयमा निक्यौल गर्न पोष्टमार्टम रिपोर्ट कुरिरहेको छ ।

‘हामीलाई आत्महत्या भएको भन्ने जानकारी आएको हो । प्रहरी टोलीले सोही अनुसारको मुचुल्का तयार गरेर शव पोष्टमार्टमका पठाइएको छ’, उनले भने, ‘पोष्टमार्टम रिपोर्टमा हत्या वा आत्महत्या खुल्छ, अहिले नै यही हो भन्न सक्ने अवस्था छैन ।’

उनले जग्गा विवादको बारेमा पछि मात्रै कुरा आएको जानकारी दिँदै प्रहरीले त्यसतर्फबाट पनि अनुसन्धान गर्ने प्रतिक्रिया दिए ।

रिंकीको आमा सुनरपति देवी भने छोरीको हत्या भएको दाबी गर्छिन् । उनका अनुसार धुपेन्द्रले रिंकीको नाममा रहेको पाँच कठ्ठा भाउजुहरुको नाममा समेत गरिदिन भन्दै दवाव दिँदै आएका थिए ।

उनले छोरी पाएदेखि नै ज्वाइँले दुव्र्यवहार गर्न शुरु गरेको बताइन् । रिंकीको कोखबाट पहिलो छोरीको जन्म भएपछि नै बुवा प्रभु राउत कुर्मीले पर्सागढी नगरपालिका हर्दासपुरमै किनेको तीन विगाह जमिनबाट नातिनीको पालपोषणका लागि भनेर ५ कठ्ठा जमिन छोरी रिंकुको नाममा गरिदिएका थिए ।

पछि तीन विगाह जमिन नै छोरी ज्वाईले कमाउँदै आएका थिए । त्यसवापत उनीहरुले प्रभुलाई धान समेत दिँदै आएका थिए ।

प्रभुले १५ क्विन्टल धान कम भयो भनेपछि ज्वाई ससुराबीच कटपट शुरु भएको थियो । अलौंकै रोहितकुमार चौधरीले जग्गाको विषयलाई लिएर दुई जना जेठानीहरुले रिंकीसँग झगडा समेत गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment