+
+
Shares

प्रदेश २ सरकारलाई दिएको नेकपाको समर्थन फिर्ता

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ १३ गते १८:५३


१३ जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले प्रदेश २ को सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । लगत्तै आइतबार संसद अवरुद्ध पारेको छ ।

एमाले र माओवादी मिलेर बनेको नेकपाले समर्थन फिर्ता लिए पनि सत्तारुढ संघीय समाजवादी फोरम र राजपाको बहुमत छ । साथै एक स्वतन्त्र सांसद फोरममा प्रवेश गरेका छन् भने एक सांसद भएको संघीय समाजवादी पार्टीले पनि सरकारलाई समर्थन गरेको छ ।

आइतबार मुख्यमन्त्री लालबाबु राउतले बोल्नका लागि समय मागेका थिए । तर, नेकपाका सांसदहरुले उठेर विरोध गरे । लगत्तै तत्कालीन एमाले संसदीय दलका नेतासमेत रहेका सत्यनारायण मण्डलले समय पाए ।

जुन विश्वास र आशाका साथ सरकारलाई समर्थन गरिएको थियो, त्यसअनुसार काम नगरेको र सरकारको गति एकदमै सुस्त भएको उनले बताए । साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा आफूहरुसँग सल्लाह नै नगरी मानमर्दन गर्न खोजेको उनको आरोप छ ।

तत्कालीन माओवादी संसदीय दलका नेतासमेत नेकपाका सांसद रामचन्द्र मण्डलले पनि सरकारको कामकारबाही सन्तोषजनक नभएको बताए ।

दुबैले कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता दिने सभामुखको निर्णयको विरोध गरे । तर, सभामुखले यसबारे प्रश्न उठाउन नपाउने भन्दै रुलिङ गरेका थिए ।

नेकपाका सांसदहरुले अवरोध कायमै राखेपछि प्रदेशसभाको बैठक एक घन्टाका लागि स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?