+
+

सनम हत्याबारे गोरेको बयान- सामान्य केरकार गर्नु भनेको थिएँ, करेन्ट लगाएछन्

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ १३ गते १८:०२


१३ जेठ, विराटनगर । तस्करीको साढे ३३ केजी सुन गायब भएपछि शिकार बनेका उर्लाबारीका सनम शाक्यको हत्या आफूले नगरेको मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ ले दाबी गरेका छन् ।

जिल्ला अदालत मोरङमा बयान दिने क्रममा उनले आफूले सामान्य केरकार गर्न मात्रै भनेको दाबी गरेका हुन् ।

‘म नभएको मौका पारेर सनमलगायतलाई लाक्पा, टेकबहादुर र सुरेन्द्रले कुटपिट गरेछन्’, उनले भनेका छन्, ‘मैले करेन्ट लगाउन पनि निर्देशन दिएको होइन । टेकबहादुर र सनमबीच मनमुटाव थियो । त्यसैले करेन्ट लगाएछन् ।’

‘त्यस दिन मैले सनमलाई आराम गराउन भनेको थिएँ । तर, गाडीभित्र टेकराज मल्लले करेन्ट लगाई चरम यातना दिएछन्’, गोरेले बयानमा भनेका छन्, ‘कुटाई र करेन्टको यातनाले गर्दा सनमको मृत्यु भएको हो । सनमलाई नरेन्द्र कार्की, लाक्पा शेर्पा, टुकबहादुर, सुरेन्द्र र टेकबहादुर मल्लले कर्तव्य गरी मारेका हुन् ।’

‘सनमलाई आराम गर्न गाडीमा राख्दा मोहन र टेकबहादुर पनि थिए । म एक सय मिटर पर खाना खाँदै थिएँ’, उनले दाबी गरेका छन् ।

गोरेले सनमको हत्या गर्ने आफ्नो कुनै मनसाय नभएको बताएका छन् । ‘हराएको सुन पत्ता लगाउन कुटपिट भएको हो । दुर्भाग्यवश सनमको मृत्यु भयो । भवितव्यबाट घटना भएको हो’, उनले थपे, ‘मैले अघिल्लो दिन कुटपिट गरेको थिएँ । सनमको मृत्यु भएको दिन मैले कुटपिट गरेको छैन ।’

सनमको मृत्युपछि आफूहरु आत्तिएको उनले बताएका छन् । ‘के गर्ने के नगर्ने हामी अन्यौलमा पर्‍यौं । मैले पहिलेदेखि चिनेका प्रहरीसँग सम्पर्क गर्न थालेँ’, उनले भने, ‘सई बालकृष्ण सञ्जेलसँग मेरो सम्पर्क भयो । मैले पहिले इन्डियन तस्करहरुले साथीलाई मार्‍यो भनेको थिएँ ।’
सञ्जेलले त्यसबेला ‘माथि जाहेर गरेर खबर गर्छु’ भनेको उनको भनाइ छ ।

‘त्यसबेला त्यहाँ भेला भएका अरु केटाहरुले लास गाड्नलाई खाल्डो खनिसकेका थिए’, उनले भने, ‘पछि सई सञ्जेलले मलाई फेान गरेर सहयोग गर्न आउँदैछौं । नआत्तिकन बस्नु भनेपछि खाल्डो खन्न छोडेर हामीबीच लासलाई सनमको घरसम्म पुर्‍याउने विषयमा छलफल भएको थियो ।’

यो पनि पढ्नुस् 

गोरे भन्छन्– तस्करीको कमाइ मासिसकेँ, डलर कार्ड प्रयोग गरेको हुनसक्छः प्रहरी

गोरेको बयान : म त सामान्य हुँ, सुन तस्करीमा प्रहरी र ठूला नेताकै मिलेमतो छ

प्रहरीसँग ‘२ करोडको डिल’ भएपछि कोलकता भागेँ : गोरे

एक किलो सुन पास गराउँदा ५० हजार लिन्थे एसएसपी श्याम खत्री !

सुन तस्करीका मुख्य अभियुक्त गोरे जेल चलान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?