Comments Add Comment

विदेशबाट फर्किने कामदारले सय ग्रामसम्म काँचो सुन ल्याउन पाउने


१५ जेठ, काठमाडौं । सरकारले विदेशमा काम गरेर फर्किने नेपाली कामदारले काँचो सुन ल्याउन पाउने व्यवस्था गरेको छ । तर, त्यसका लागि कर भने तिर्नुपर्नेछ ।

कामदारले करविना नै काँचो सुन ल्याउन पाउने छैनन् । अहिले ५० ग्रामसम्मको सुनका गहाना ल्याउन कर तिर्नुपर्दैन ।

अर्थमन्त्री युवराज खतिवडाले कामदारलाई कर तिरेर सय ग्रामसम्म काँचो सुन ल्याउन दिने घोषणा गरेका छन् ।

यसले विदेशमा काम गरिरहेका नेपालीलाई फाइदा हुने सरकारको विश्वास छ । यसअघि काँचो सुन ल्याउन नपाउने व्यवस्था गरेपछि बाला बनाएर सुन तस्करी मौलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment